२०८३ बैशाख ५ गते शनिवार

भूमे–१ मा नवनिर्मित वडा कार्यालय पक्कि भवन उद्घाटन



रुकुमपूर्व। भूमे गाउँपालिका–१ मा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ। पुष्पलाल (मध्यपहाडी) राजमार्गको छेउमा निर्माण गरिएको सो वडा कार्यालय भवनको उद्घाटन गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले आज बुधबार  एक औपचारिक समारोहबीच गर्नुभयो।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र कृषिमा गुणस्तरीय पूर्वाधार निर्माणमार्फत गाउँपालिकालाई समृद्धितर्फ लैजाने लक्ष्य रहेको बताउनुभयो। उहाँले भने, “अब नागरिकले आफ्नै भवनबाट सेवा पाउने छन्, जसले सेवा प्रवाहमा सहजता ल्याउनेछ। गाउँपालिका अन्तर्गतका सबै वडामा विकास निर्माणका कामहरू योजना अनुसार अघि बढिरहेका बताउनुभयो ।अध्यक्ष श्रेष्ठले  गाउँपालिकाका नौवटै वडामध्ये कतै डिपिआर तयार पार्ने काम भइरहेको  बताउनुभयो ।

  पर्यटन र कृषि प्रवर्द्धनमा जोड

श्रेष्ठले समुद्री सतहबाट करिब ४ हजार मिटर उचाइमा रहेको चौरीलेक क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न गाउँपालिका क्रियाशील रहेको बताउनुभएकाे छ। त्यस्तै लुकुम गाउँलाई परम्परागत सम्पदा जोगाउँदै आर्थिक स्रोतमा रूपान्तरण गर्न गुरुयोजना निर्माण गरेर अगाडि बढाएको बताउनुभयो।“हाम्रो उद्देश्य विकास मात्र होइन, पहिचान संरक्षणसहित आर्थिक आत्मनिर्भरतातर्फ समुदायलाई लैजाने बताउनुभएको हो।

       दान जग्गामा समयमै सम्पन्न भवन

वडा नं. १ का दानबहादुर बुढाले तीन रोपनी जग्गा वडा कार्यालयको लागि निःशुल्क उपलब्ध गराउनु भएको थियो। त्यसपछि २०८० असार ४ गते शुभम्–भट्टराई जेभी रोल्पाले दुई वर्षमा भवन निर्माण सक्ने गरी सम्झौता गरेकाे गाउँपालिकाका प्राविधिक अधिकृत सन्तोष घर्तीले बताउनुभयो ।घर्तीका अनुसार  २ करोड ३० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो भवन दुई तल्लाको निर्माण कम्पनीले समयमा काम सम्पन्न गरिदिएकोले सेवाप्रवाहमा ढिलाइ हुन पाएन,” प्राविधिक अधिकृत घर्तीले बताउनुभयो ।

वडा नं. ६ का वडाध्यक्ष बिक्रम बुढामगरले अझै पनि धेरै वडाहरूमा भाडाको घरबाट सेवा प्रवाह भइरहेको बताउँदै भने, “यसरी आफ्नै भवन बन्न थालेपछि सेवा प्रभावकारी बनाउने अवसर प्राप्तहुने बताउनुभएको छ। त्यस्तै, वडा नं. ७ का वडाध्यक्ष संगम रोकाले आफ्नाे वडामा भवन निर्माण तीव्र गतिमा भइरहेको र केही महिनामै आफ्नै भवनबाट सेवा दिने तयारी भइरहेको जानकारी दिनुभएकाे छ।

कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य रुजिधन घर्तीले गाउँपालिका अध्यक्ष श्रेष्ठको कामको प्रशंसा गर्नुभएकाे छ। “उहाँको नेतृत्वमा विकास योजनाहरूले गति लिएको बताउनुभयो ।

त्यस्तै, लामो समयदेखि विवादमा रहेको सदरमुकामको विषयमा गाउँपालिकाले आफ्नो धारणा सार्वजनिक गरेपछि प्रमुख तीन राजनीतिक दलहरू एकजुट भएर सहकार्य गर्ने वातावरण तयार भएको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य रुपधन कामीले बताउनुभएकाे छ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देबिलाल विकले बजेट अभावबीच पनि प्रशासकीय संरचना निर्माणमा कुनै सम्झौता नगरिएको बताए। “हामी नागरिकको गुनासो शून्य हुने गरी सेवा प्रवाहमा ध्यान केन्द्रित गरिरहेकाे बताउनुभएकाे हाे।उहाँको अनुसार अब कार्यालयको संरचना तयार हुँदै गएपछि अझ प्रभावकारी सेवा दिन अधिकृत बिकले बताउनुभयो।

भवन उद्घाटन समारोह वडा नं. १ का वडाध्यक्ष मनकाजी पुनको अध्यक्षतामा सम्पन्न भएको थियाे। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी, गाउँपालिकाका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन रोजगार सहायक चन्द्र रसाइलीले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार