तुलसिपुर उपमहानगरपालिका–१८ स्थित अम्वाखोली सामुदायिक वन क्षेत्रको कृत्रिम तालमा शनिबार एक किशोरको डुबेर मृत्यु भएको छ।
त्रिवेणी गाउँपालिका–९ सिस्नेरी, रुकुम पश्चिम घर भइ हाल तुलसीपुरमा अध्ययनरत १६ वर्षीय भुपेन्द्र बिक साथीहरूसँग पौडी खेल्न गएका बेला डुबेका थिए। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार डुबेर बेहोस भएका बिकलाई तत्काल उद्धार गरेर प्रादेशिक अस्पताल लगिए पनि डाक्टरहरूले मृत घोषणा गरेका थिए।
मृतकको शव अस्पतालमा परीक्षणका लागि राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ बैशाख २७ गते शनिवार
















प्रतिक्रिया दिनुहोस्