रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा पहिलो पटक आयोजना गरिएको हाटबजार मेलाले व्यापारीहरू र उपभोक्तामाझ उत्साहपूर्ण प्रतिक्रिया पाएको छ।
स्थानीय व्यापारीहरूका अनुसार हातबजारको अवधिमा व्यापार अपेक्षाकृत राम्रो भएको छ। व्यापारी भीम बस्यालले पहिलेको तुलनामा हाटबजारमा व्यापारीक गतिविधि उत्साहजनक देखिएको बताए। अर्का व्यापारी सुनिल मल्लले भने हामी जस्ता साना व्यापारीहरू सार्वजनिक स्थानमा व्यापार गर्न लाज मान्थ्यौं, तर हातबजारले त्यो लाज हटाएको छ र सर्वसाधारणलाई पनि किनमेल गर्न सजिलो भएको बताउनुभयो ।
उद्योग वाणिज्य संघ, रुकुम पूर्वका अध्यक्ष केबेन्द्र गौतमका अनुसार पहिलो पटकको हातबजारमा करिब एक लाख रुपैयाँ बराबरको व्यापार भएको र नागरिकहरूको माग अनुसार यो हाटबजारलाई महिनामा एक पटक मात्र होइन, आवश्यकतानुसार दुईदेखि तीन पटकसम्म आयोजना गर्ने उहाँले बताउनुभयो ।
गौतमले आगामी दिनमा यस्ता हातबजारहरू रुकुमकोटसँगै भूमे गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकामा पनि विस्तार गर्ने योजना रहेको बताउनुभएको छ।
















प्रतिक्रिया दिनुहोस्