अखिल (क्रान्तिकारी) रूकुम पूर्वका अध्यक्ष चन्द्र रसाइलीले नेकपा (माओवादी केन्द्र) भित्र मौलाउँदै गएको अवसरवाद, पदको मोह र आन्दोलनको मार्गबाट विचलनप्रति कडा प्रहार गर्दै पार्टी नेताहरूमाथि तीव्र असन्तुष्टि पोखेका छन्।
साेमबार सिस्ने गाउँपालिकाकाे सभाहलमा भएको वाइसीएल नेपालको पाँचौं जिल्ला सम्मेलनमा सम्बोधन गर्दै रसाइलीले माओवादीको ‘मध्यपहाडी जागरण अभियान’ अन्तर्गत सार्वजनिक गरिएको कार्यक्रमप्रति असहमति जनाएका छन्। तर ती कार्यक्रमहरूले जनताको पक्षमा ठोस काम गर्ने सम्भावना नरहेको संकेत समेत गरेका छन्।
नेता रसाइलीले जनताको हितमा काम नगर्ने तर पद र प्रचारको घमण्ड गर्नेहरूलाई अब ठेगान लगाउने चेतावनी दिएका छन् ।
रसाइलीले दस वर्षे जनयुद्धको सन्दर्भ सुनाएर मात्रै देश नबन्ने भन्दै पार्टीका सबै तहका नेताहरूलाई “घर-आँगनमा फर्किएर जनताको भावना बुझ्न” आह्वान गर्नु भएको छ। उहाँले विशेषगरी चुनाव नजिकिँदै गर्दा मात्रै गाउँ पस्ने प्रवृत्तिको समेत आलोचना गर्नु भएको हाे।
रुकुमपूर्व माओवादी आधार क्षेत्र हो भनेर ढुक्क बस्न पाइँदैन, पार्टी टिकाउन संघर्ष गर्नुपर्छ,” रसाइलीले भन्नुभयो ।पार्टीको वडा कमिटीदेखि केन्द्रीय तहका नेताहरूले हरेक दिन गाउँ-गाउँमा पुगेर जनताको मर्म बुझ्नुपर्ने आवश्यकता छ। जनयुद्ध लडेकाे कुरा इतिहास छदैछ अब वर्तमान जित्न जनताको मन जित्नुपर्छ कार्यक्रमकाे सम्बाेधन रसाइली भन्नुभयो ।
रसाइलीले अब परिवर्तनको आवश्यकता भएको बताउनुभयो । आगामी दिनहरूमा जनताको बीचमा खटिने र नयाँ पुस्ता तयार गर्दै अब पार्टीमा नयाँ कमद चाल्ने बताउनुभएको छ।
भिडियो पनि हेर्नुस् :https://www.facebook.com/share/v/15hiGQMFcr/
https://www.facebook.com/share/v/15hiGQMFcr/
















प्रतिक्रिया दिनुहोस्