२०८३ जेष्ठ १७ गते आइतवार

वाइसीएलकाे अध्यक्षमा नामेन्द्र  ५१ सदस्यीय जिल्ला समिति निर्वाचित



रुकुम (पूर्व) — नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसीएल नेपाल (YCL) रुकुम पूर्वको पाँचौं जिल्ला सम्मेलनबाट नामेन्द्र सुनारको अध्यक्षतामा ५१ सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित भएको छ।

जिल्ला इन्चार्ज मान बहादुर बुदाथोकी (बिद्रोही) का अनुसार नवगठित समितिको उपाध्यक्षमा रमेश कुमार पुन, भावना पुन र मुस्कान शाही चयन भएका छन्। त्यस्तै, सचिवमा बिकास दमाई, सह–सचिवमा सुक्रराज विक, शंकर बुढा, भावना विक र अशोक सुनार चयन भएका छन् भने कोषाध्यक्षमा गीता खड्का जिम्मेवारीमा आएकी छन्।

यसअघि जिल्ला संयोजकको जिम्मेवारी सम्हालिसकेका अध्यक्ष सुनारले नवगठित समिति वाइसीएललाई अझ सशक्त र जुझारु बनाउँदै युवा वर्गलाई श्रमसँग जोड्ने अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले टोलटोलमा पुगेर संगठन विस्तार गर्दै पार्टीलाई जनस्तरसम्म पुर्‍याउने बताएका छन्।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार