२०८३ कार्तिक १२ गते बुधवार

भूमे गाउँपालिकाद्वारा स्वास्थ्य र प्रशासनिक सेवा सहितको घुम्ती शिविर भोली देखि सञ्चालन हुने



रुकुम पूर्वको भूमे गाउँपालिकाले आफ्ना नागरिकलाई सहज, सुलभ र समावेशी सेवा प्रवाह गर्न घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार स्वास्थ्य, प्रशासनिक तथा प्राविधिक सेवाहरू नागरिकको घर दैलोमा  पु¥याउने उद्देश्यले सो गाउँपालिकाको वडा –६,७ र ९ मा  एकीकृत सेवा प्रवाह शिविर सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार पहिलो शिविर वैशाख ३१ गते वडा नं. ६ र ७ स्थित सिसालचौरमा सञ्चालन हुनेछ भने दोस्रो शिविर  जेठ२ गते वडा नं. ९ को चुनाङमा सञ्चालन हुनेछ।शिविरमा निःशुल्क स्वास्थ्य सेवा, स्वास्थ्य जाँच, उपचार तथा औषधि वितरण, गर्भवती महिलाका लागि आवश्यक परीक्षण तथा सल्लाह, महिलाको भिडियो एक्सरे सेवा, VIA परीक्षण, दन्त सेवा लगायतका स्वास्थ्य सेवाहरू उपलब्ध हुने गाउँपालिकाले जनकारी दिएको छ।शिविरमा नागरिकता, सिफारिस, जन्मदर्ता लगायत प्रशासनिक सेवा पनि सोही शिविरमार्फत प्रदान गरिने भएको हो।

भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबिलाल बिकका अनुसार “गाउँपालिकाले नागरिकको घरदैलोमै सेवा पु¥याउने लक्ष्यका साथ यो कार्यक्रम ल्याएको बताउनुभउको छ।  भूमे अधिकाश गाउँ बस्तीहरु पालिकालको केन्द्र भन्दा टाढा  भए पनि नागरिकलाई सेवाबाट टाढा हुन नदिने अधिकृत बिकले बताउनुभयो।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार