रुकुम पूर्वको भूमे गाउँपालिका –६ र ७ को सिमास्थित रिसालचौरमा बुधबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट स्थानीय नागरिकहरूले विभिन्न सेवा प्राप्त गरेका छन्।गाउँपालिकाको आयोजनामा आयोजित शिविरमा दुर्गम भेगका बासिन्दालाई निःशुल्क रूपमा बहुपक्षीय सेवा प्रदान गरिएको हो।
गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले शिविर उद्घाटन गर्दै स्थानीय तहबाटै गुणस्तरीय सेवा पु¥याउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको बताउनुभयो।अध्यक्ष श्रेष्ठले विगतका केही वर्षदेखि विकट वडामा पुगेर सेवा दिने अभ्यासलाई निरन्तरता दिइएको बताउनुभयो। “सामान्य सेवाका लागि नागरिकले वडा कार्यालय र गाउँपालिका धाउनु पर्ने बाध्यता हटाउन सो कार्यक्रा ल्याईएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।
गाउँपालिका उपाध्यक्ष सबिना बुढा मगरले सेवा गाउँमै पु¥याउनु स्थानीय सरकारको जिम्मेवारी भएको बताउनुभयो।विकट वडामा सेवा पु¥याउँदा नागरिकको खुसी नै जनप्रतिनिधहरुको भएको बताउनु भएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबीलाल बिकका अनुसार शिविरमा नागरिकका लागि आवश्यक विभिन्न सेवा उपलब्ध गराइएको थियो।ती सेवामार्फत धेरै नागरिकले प्रत्यक्ष लाभ लिएको जानकारी दिनुभयो।
यस्तै शिविरमा महिलाको पाठेघर क्यान्सर (VIA) परीक्षण: १८ जना,गर्भ परीक्षण तथा भिडियो एक्सरे: ९ जना,प्रयोगशाला परीक्षण: ३४ जना, आँखा परीक्षण: ६० जना, ओपीडी सेवा: ५४ जना,पशु स्वास्थ्य उपचार: ४८ जना, पिउने पानीको गुणस्तर परीक्षण: १ वटा परिक्षण गरिएको गाउँपालिकाले जनाएको छ।
स्वास्थ्य सेवासँगै ज्येष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र वितरण, नागरिकता पञ्जिकरण, व्यवसाय दर्ता तथा नविकरण, कृषि तथा पशुपालनसम्बन्धी परामर्श सेवा पनि उपलब्ध गराइएको थियो।
शिविरमा वडा नं ६ का अध्यक्ष विक्रम पुन मगर, वडा नं ७ का अध्यक्ष संगम रोका मगर, रुकुमपूर्व जिल्ला अस्पतालका डा. पूर्णबहादुर पुन, मोरावाङ र महत स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरू, नेपाल पत्रकार महासंघ रुकुमपूर्वका उपाध्यक्ष बालाराम शेर्पाली, सचिव निराजन शेर्पाली, गाउँपालिकाका शाखा प्रमुखहरू तथा स्थानीयको उपस्थिति थियो।














प्रतिक्रिया दिनुहोस्