२०८३ साउन १३ गते बुधवार

एमाले नेता उपेन्द्रलाल कामीकाे पार्टी भित्रै साङ्केतिक टिप्पणी



नेकपा एमालेका नेता उपेन्द्रलाल कामीले राजनीतिक पार्टीभित्रको विचार–राजनीति र व्यवस्थापनबीचको अन्तरसंघर्षबारे सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन्।नेता कामीले पार्टीभित्रको असहमति र अन्तरिक टकरावलाई स्वाभाविक मानिए पनि त्यसको व्यवहारमा दुःखद भएको बताएका छन्।

कामीले आफ्नाे फेसबुकमा लेखेका छन्, “जसलाई स्वाभाविक मान्न सकिन्छ तर नितान्त आत्मकेन्द्रित भएर कसैसँग व्यक्तिगत ढंगले साँघो बनाउने व्यवहार र अभिव्यक्ति शैलीलाई किमार्थ स्वाभाविक मान्न सकिँदैन।”भन्ने तर्क पार्टी भित्रकै नेताहरुलाई कडा रुपमा सङ्केत दिएकाे देखिन्छ ।

यती बेला रुकुमपूर्वमा नेकपा एमालेभित्र चलिरहेको आन्तरिक विवाद संकेत देखिएको छ। पार्टीभित्र वैचारिक मतभिन्नता बढिरहेको बेला कामीले आफ्ना ‘महत्वपूर्ण उर्जाशील समय’ वर्वाद गर्नु नहुने चेतावनीसहित आलोचकहरूलाई ‘तीतोपिरो’ नखान आग्रह गरेका छन् ।बेकारमा कुनै साथीहरूसँग तीतोपिरो गरेर आफ्नो महत्वपूर्ण उर्जाशील समय वर्वाद गर्नु हुँदैन भन्ने गहिरो अनुभूति नेता कामीले दिएका छन्।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बिहिवार