रुकुम पूर्वको भूमे गाउँपालिकाले सञ्चालन गरेकाे एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ। वडा -९ स्थित चुन्वाङ्गमा सम्पन्न भएको एकीकृत घुम्ती शिविरबाट स्थानीय नागरिकहरूले निःशुल्क रूपमा बहुपक्षीय सेवा लिएका छन् ।
भूमे गाउँपालिका उपाध्यक्ष सबिना बुढा मगरले सेवा गाउँमै पु¥याउनु स्थानीय सरकारको उप- प्रमुख दायित्व भएको बताउनुभएको छ। उहाँले विकट वडामा सेवा पुग्दा जनताको अनुहारमा देखिएको खुसी नै जनप्रतिनिधिका लागि सबैभन्दा ठूलो पुरस्कार भएको बताउनुभयो ।शुक्रबार भूमे–९ चुन्वाङमा सम्पन्न सेवा शिविरको प्रमुख अतिथिका रूपमा बोल्दै उपाध्यक्ष बुढा मगरले भन्नुभयो, “ सदरमुकाम र गाउँपालिकाबाट मात्रै सेवा केन्द्रित गर्नुको सट्टा नागरिककाे ढोका–ढोकासम्म पुगेर सेवा दिन सक्नु भनेकाे भूमेकाे सफलता भएको बचाउनुभयाे।
वडाध्यक्ष विनोद बुढाले आफू निर्वाचित भएयता वडा कार्यालयमार्फत नागरिकलाई कुनै ढिलासुस्ती बिना सेवा दिँदै आएको बताउनुभएको छ। सेवाप्रवाहमा अहिलेसम्म कुनै गुनासो नआएको दाबी गर्दै उहाँले जनताको विश्वास कायम राख्दै आएकाे बताउनुभयो ।
वडा भित्रका विकास तथा निर्माणका कार्यलाई प्राथमिकतामा राखेर अघि बढाइरहेको जानकारी दिँदै उहाँले बाँकी कार्यकालभरि योजनाबद्ध रूपमा भौतिक पूर्वाधार निर्माण, व्यवस्थापन र सामाजिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबीलाल बिकका अनुसार शिविरमा नागरिकका लागि आवश्यक विभिन्न सेवा उपलब्ध गराइएको बताउनुभयो । सरकारी सेवा प्रदानमा कति पनि ढिलाइ नगरेर अहाेरात्र खतेकाे बिकले बताउनुभयाे।
यस्तै शिविरमा महिलाको पाठेघर क्यान्सर (VIA) परीक्षण: २७ जना,गर्भ परीक्षण तथा भिडियो एक्सरे: १५ जना,प्रयोगशाला परीक्षण: ४१ जना, आँखा परीक्षण: ४२ जना, ओपीडी सेवा: ११८ जना,पशु स्वास्थ्य उपचार: ८१ जना, पिउने पानीको गुणस्तर परीक्षण: ५ वटा परिक्षण गरिएको गाउँपालिकाले जनाएको छ।स्वास्थ्य सेवासँगै ज्येष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र वितरण, नागरिकता पञ्जिकरण, व्यवसाय दर्ता तथा नविकरण, कृषि तथा पशुपालनसम्बन्धी परामर्श सेवा पनि उपलब्ध गराइएको थियो।
शिविरमा वडा नं ९ का विनाेद बुडा मगरकाे अध्यक्ष्तामा सुरु भएको थियाे। रुकुमपूर्व जिल्ला अस्पतालका डा. पूर्णबहादुर पुन, चुन्वाङ्ग स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरू, नेपाल पत्रकार महासंघ रुकुमपूर्वका उपाध्यक्ष बालाराम शेर्पाली, गाउँपालिकाका शाखा प्रमुखहरू तथा स्थानीयको उपस्थिति थियो।
















प्रतिक्रिया दिनुहोस्