र भूमे गाउँपालिकामा सञ्चालित बृहत यौनिकता शिक्षा कार्यक्रम (Comprehensive Sexuality Education – CSE) तथा किशोरमैत्री सूचना केन्द्र (Adolescent Friendly Information Corner – AFIC) आज एक औपचारिक समारोहबीच स्थानीय तहलाई हस्तान्तरण गरिएको छ।
नेपाल परिवार नियोजन संघ (FPAN) र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को साझेदारीमा सन् २०१८ देखि सञ्चालनमा रहेको कार्यक्रमको हस्तान्तरण भूमे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, AFIC फोकल शिक्षक, विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षा तथा स्वास्थ्य शाखाका प्रतिनिधि, महिला तथा बालबालिका शाखा तथा सामाजिक विकास समितिका सदस्यहरूको सहभागिता रहेकाे थियो।
कार्यक्रम UNFPA को प्राविधिक र अष्ट्रेलियाली सरकारको परराष्ट्र मामिला तथा व्यापार विभाग (DFAT) को आर्थिक सहयोगमा सञ्चालनमा आएको हो। यसअन्तर्गत रुकुम पूर्वसहित बझाङ, बैतडी, अछाम र कपिलवस्तुका विद्यालयहरूमा किशोरमैत्री सूचना केन्द्र स्थापना गरिएको छ।
AFIC मार्फत किशोर–किशोरीहरूले सुरक्षित र गोप्य वातावरणमा यौन तथा प्रजनन स्वास्थ्य, लैङ्गिक समानता, जीवन उपयोगी सीप, आत्मविश्वास विकास र व्यक्तिगत सशक्तीकरण सम्बन्धी जानकारी प्राप्त गर्दै आएका छन्। यस कार्यक्रमले शिक्षक, समकक्षीय प्रशिक्षक (peer educators) र फोकल व्यक्तिहरूलाई तालिम प्रदान गरी किशोरमैत्री ढंगमा जानकारी दिने अभ्यासलाई संस्थागत बनाएको छ।
नेपाल परिवार नियोजन संघ दाङ शाखाका प्रमुख बसन्त खनालले कार्यक्रममा हालसम्मका गतिविधि, उपलब्धि र प्रभावबारे जानकारी गराउँदै अब स्थानीय तह आफैंले कार्यक्रमको नेतृत्व लिनुपर्ने बेला आएको बताढनुभयाे।उहाँले यो कार्यक्रम दीगो बनाउन स्थानीय सरकार, विद्यालय र समुदायको त्रिपक्षीय सहकार्य अनिवार्य रहेकाे बताउनुभयो।विद्यालयहरूले आफ्नै स्रोत साधनबाट AFIC सशक्त बनाउनु आवश्यक रहेकाे बताउनुभयो ।
विद्यालयका प्रतिनिधिहरू, प्रधानाध्यापक, फोकल शिक्षक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले आगामी दिनमा केन्द्रहरूको निरन्तरता र दीगो सञ्चालन सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।














प्रतिक्रिया दिनुहोस्