२०८३ साउन १४ गते बिहिवार

स्थानीयकाे श्रमदानमा लैपा–सागबारी लेक मार्ग मर्मत



सिस्ने गाउँपालिका–२ मा पर्ने लैपा हुँदै सागबारी लेक जाने पैदल मार्ग आइतबार स्थानीय श्रमदानमा मर्मत गरिएको छ। मैनेरी सामुदायिक वन उपभोक्ता समूहको अगुवाइमा करिब १ सय मिटर लामो भत्किएको खण्ड पुनर्निर्माणपछि दुई घण्टाको यात्रा सुरक्षित र सहज बनेको हो।

समितिका अध्यक्ष हस्तबहादुर खड्काका अनुसार मर्मत कार्यमा स्थानीयवासीको श्रमदान गरेकाे बताउनुभयो ।उहाँले वन, जङ्गल र जडिबुटी जोगाउँदै विकासमा हातेमालो गर्ने अभियान रहेकाे जानकारी दिनुभयो ।

पहिलेको बिग्रिएको बाटो भएर जोखिम मोलेर हिँड्नुपर्ने अवस्थालाई स्मरण गर्दै मर्मत गरिएककाे स्थानीयले बताएका छन्।

सागबारी लेक क्षेत्र प्राकृतिक सौन्दर्य, दुर्लभ जडिबुटी र विशाल घाँसे मैदानका लागि परिचित स्थल हो। बाटो मर्मतपछि आन्तरिक पर्यटक र वनजन्य स्रोत संकलनकर्तालाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते आइतवार