२०८३ साउन १४ गते बिहिवार

रुकुमपश्चिमबाट काठमाडौँ जाँदै गरेको बस तनहुँमा दुर्घटना, ७ जना घाइते



रुकुमपश्चिमबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस तनहुँकाे डुम्रेमा आज बिहान दुर्घटनामा हुदाँ सात जना यात्रु घाइते भएका छन्।

तनहुँकाे डुम्रे नजिकै प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको यात्रुबाहक बस विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००१–अ–यू ००५७ नम्बरको टिपरसँग ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा रुकुमपश्चिम बाँफिकोट गाउँपालिका–७ का ४९ वर्षीय हरिसचन्द्र खत्री, मुसिकोट नगरपालिकाका ३५ वर्षीय चन्द्रबहादुर रावल, सानीभेरी नगरपालिका–४ की १७ वर्षीया बिन्दु वली, ५० वर्षीय भद्रबहादुर ओली, रुकुमपश्चिमकै ३५ वर्षीया शर्मिला पाण्डे, बस चालक नुवाकोटका ३० वर्षीय संजोग नेपाली र टिपर चालक भानु नगरपालिका–१२, तनहुँका ४४ वर्षीय शंकर अधिकारी घाइते भएका छन्।

प्रहरीका अनुसार हरिसचन्द्र खत्रीको खुट्टा भाँचिएको छ र उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। बाँकी सबैको अवस्था सामान्य रहेको र उनीहरूको डुम्रेको लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ६ गते मङ्गलवार