२०८३ कार्तिक ११ गते मङ्गलवार

रुकुमपूर्वमा राजनीतिक भुकम्प : नेसपाका मार्सल र एमालेका उपेन्द्रलालसहित माओवादी केन्द्रमा जनलहर



रुकुमपूर्वको राजनीतिक भूमिमा साँगुरो कच्ची सडक जस्तै लाग्ने दलहरुका लागि डोजर चलेको छ। नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा एमालेका नेताकार्यकर्ताको ठूलो लहर माओवादी केन्द्रतिर मोडिएको छ। नेसपाका केन्द्रीय सदस्य जितमान पुन ‘मार्सल’ र एमालेका निवर्तमान प्रदेश सदस्य उपेन्द्रलाल कामीको नेतृत्वमा देखिएकाे प्रवेशले माओवादी केन्द्रको पकड फेरि बलियो बनाएको छ।

माओवादी केन्द्रको जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत अस्थायी सदरमुकाम रुकुमकोटमा आयोजित जनसंवाद कार्यक्रम केवल संवादमा सीमित रहेन। त्यो त राजनीतिक ट्रान्सफर सत्रजस्तै देखिएकाे छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयं उपस्थित भएर फूलमालासहित स्वागत गर्नुभएको छ।

नेसपाको रुकुमपूर्व जिल्ला कमिटी नै समग्रमा माओवादी केन्द्रमा मिसिएको छ।जसमा संयोजक राखिमान घर्तीमगरदेखि लिएर कोषाध्यक्ष पुथीबहादुर घर्तीमगरसम्मको समावेश भएका छन्। यस्तै एमालेबाट पनि उपेन्द्रलाल कामीसहित अन्य कार्यकर्ताहरु समेत प्रवेश गरेका छन्।

रुकुमपूर्वको यो घटनाले सत्तासीन र प्रतिपक्ष दुवैलाई सोच्न बाध्य बनाएको छ।कसको पक्षमा जनलहर बाँकी छ? र कसको संगठन कागजमै सीमित हुँदैछ?भन्ने विषय प्रश्न उठ्न थालेकाे छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते बुधवार