२०८३ कार्तिक १२ गते बुधवार

किसानका उत्पादन राजधानीसम्म : भूमेमा सहकारीको सफलता देख्दा खुसी भए प्रचण्ड



रुकुमपूर्व, ८ जेठ  पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको भूमे गाउँपालिका–२, खाबाङ बगरमा सञ्चालित सहकारी बजारको अवलोकन गर्दै स्थानीय उत्पादन राजधानीसम्म पुर्‍याउने प्रयासलाई ‘सहकारीको सफल मोडेल’को संज्ञा दिनुभएको छ।मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’द्वारा सञ्चालनमा रहेको उक्त बजारले स्थानीय कृषकका अर्गानिक उत्पादन संकलन, प्रशोधन र बजारीकरणको काम गरिरहेको देख्दा कृषि क्रान्तिमा भूमे आफ्नै गतिमा उकालो लागेको बताउनु भएको हो।

पूर्वप्रधानमन्त्री प्रचण्डले सहकारीको कामको प्रशंसा गर्दै भने, “स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याएर किसानको आत्मबल बढाउने कार्य यस सहकारीले गरिरहेको देख्दा यस्ता नमुना कार्यक्रमहरूले राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिने बताउनुभयो।साना टोकरीमा सिमी, अदुवा, र महको नमुना उत्पादन टकटक परेको चारैतिर हेरे पछि देशले देखेको सपना आत्मनिर्भर नेपालको आधार भूमे गाउँपालिका बनेको बताउनुभयो।

सहकारी अध्यक्ष रामसुर बुढामगरले अवलोकनमा सहभागी नेताहरूलाई सहकारीको हालको अवस्था, कार्यक्षेत्र र सम्भावनाबारे जानकारी दिनुभएको थियो।बुढा मगरले किसानको उत्पादन उनीहरूको घरबाटै खरिद गरेको र उपयुक्त मूल्यमा बजारीकरण गरेको बताउनुभयो।जस्ले गर्दा हिमालि रुकुमपूर्वबाट थुप्रै परिकार बाहिरी बजारमा निर्यात भएको बताउनुभयो।

उक्त टोलीमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, अग्नी सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, प्रदेश इञ्चार्ज चक्रपाणि खनाल, मुख्य सचिव गणेशमान पुन र स्थायी समिति सदस्य कमला रोका लगायतको उपस्थिति थियो।

स्थानीय कृषकहरूका अनुसार सहकारी सञ्चालनमा आएपछि उत्पादन बिक्रीको समस्या घटेको छ।पहिले बजारसम्म लैजान हम्मे पर्थ्यो, अहिले भने सहकारीले सजिलो बनाइदिएको बताएका छन्।मारिङ सहकारीले उत्पादनको गुणस्तर सुधार, प्याकेजिङ र बजार विस्तारमा समेत जोड दिएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बिहिवार