रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ की एक किशोरीले आफ्नै मेहनतले बनाएको तस्बिर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उपहार दिएकी छन्—तर प्रत्यक्ष नभई बुवामार्फत। उमेरले १३ वर्ष पुगेकी एन्जिला बुढामगरले प्रचण्ड रुकुमपूर्व आउदैछन भन्ने जानकारी पाए पश्चात् कलात्मक शैलीमा प्रचण्डको तस्बिर कोरेकी थिइन्। ‘जनतासँग माओवादी’ अभियानअन्तर्गत प्रचण्ड रुकुमपूर्व आउँदा उनलाई भेट्ने चाहना भए पनि एन्जिला त्यो दिन प्रचण्डलाई भेट्न सकेन।
तर उनको कलालाई भने रोकिएन। बिहीबार भूमे गाउँपालिका–२ खाबाङ बगरमा आयोजित कार्यक्रममा एन्जिलाका पिता गोवर्धन बुढामगरले उक्त तस्बिर प्रचण्डलाई हस्तान्तरण गरेका छन।
तस्बिर प्राप्त भएपछि प्रचण्डले बाल प्रतिभा प्रति खुसी व्यक्त गरेका छन्। उनले आफ्नो फाेटाे हेर्दै गोवर्धनमार्फत छोरी एन्जिलालाई धन्यवाद सन्देश पठाउँदै छाेरी धेरै धैरै धन्यवाद भनिनु प्रचण्डले भनेका छन् ।

















प्रतिक्रिया दिनुहोस्