रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, बोहोरागाउँमा विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सिस्ने गाउँपालिका–३ रुकुम पूर्वका २९ वर्षीय खिमबहादुर खड्काको निधन भएको छ।
बिहीबार राति लघुजलविद्युत् मर्मतका लागि टोलीसहित गएका खड्कालाई पोलमै करेन्ट लागेको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी प्रमेश विष्टका अनुसार सोलाबाङ लघुजलविद्युत्को लाइनमा काम गर्ने क्रममा करेन्ट लागेको बताएको छ।
घटनापछि प्रहरी र स्थानीयको सहयोगमा उनलाई पोलबाट झारिएकाे थियाे पनि मृतक खड्काकाे शव कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि सल्ले अस्पताल लगिएकाे छ।
प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते शुक्रवार














प्रतिक्रिया दिनुहोस्