
जनताको सेवा जनताको घरदैलोमै” भन्ने मूल उद्देश्यका साथ भूमे गाउँपालिकाले सुरु गरेको सेवा प्रवाह कार्यक्रम पछिल्लो समय जनस्तरमै प्रशंसा बटुल्न सफल भएको छ।सरकारी सेवा लिन पालिका केन्द्रमा धाउनुपर्ने बाध्यता हटाउँदै अब पालिकाको नेतृत्व र कर्मचारी स्वयं सेवा लिएर नागरिककै घरदैलोमा भूमे गाउँपालिका पुगेको हो।
विगतमा नागरिकता, , जन्म–मृत्यु दर्ता, कृषि सल्लाह, पशुपालन सम्बन्धी प्रविधि, स्वास्थ्य जाँचजस्ता आधारभूत सेवा लिन गाउँबाट टाढासम्म यात्रा गर्नु पर्ने अवस्था थियो।अब ती सबै सेवा क्रमशः वडास्तरमै र नागरककव घर दैलोबाट हुदाँ स्थानीय सरकारको प्रभावकारिता देखाएको छ।भूमे गाउँपालिकाले सुरु गरेको ‘गाउँमै सरकार’ अभियान अन्तर्गत अध्यक्ष, वडाध्यक्ष, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा प्राविधिकहरु गाउँमा खटिएर सेवा दिइरहेका छन्।यसबाट नागरिकले सरकारलाई महसुस गरेका छन्—कागजमा होइन, व्यवहारमा सत्य के हो भने, सेवा सुविधा पाउनु नागरिकको अधिकार हो, र त्यो अधिकार समयमै, सहज र सुलभ तरिकाले प्रदान गर्नु सरकारको कर्तव्य हुदाँ भूमे गाउँपालिकाले यो कर्तव्यलाई आत्मसात गर्दै जनमुखी शासन अभ्यास गरेको छ।
भरखरै सम्पन्न भएको एकीकृत घुम्ती शिविरले जनताको गुनासो सुन्ने, सुझाव लिने र प्रत्यक्ष संवाद गर्ने अवसर पनि दिएको छ।स्थानीय सरकार भनेकै नजिकको सरकार हो’ भन्ने भावनालाई थप सशक्त बनाउँदा नागरिक खुसी छन्।भूमे गाउँपालिकाको सेवा अब कार्यालयको पर्खालभित्र सीमित छैन।सेवा अब जनताको घरदैलोमा छ।आगामी दिनमा यो अभ्यासलाई अझ व्यवस्थित, समावेशी र दिगो बनाउन आवश्यक योजना र संरचना विकासमा लागि पर्ने हो भने जनताको साथ, सुझाव र सहकार्यमा गाउँपालिका प्रेरणाको स्रोत बन्न सक्छ।
















प्रतिक्रिया दिनुहोस्