
नागरिकबीच सीमा विवाद चर्किएपछि तनाव ग्रस्त स्थान
रुकुमपूर्व र डोल्पाका नागरिकबीच सीमा विवाद चर्किएपछि यार्सागुम्बा सङ्कलनको क्रममा ठुलो झडप भएको छ। रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानीयहरूबीच थाङे लेक क्षेत्रमा विवाद चुलिँदा करिब ७ सय जना संलग्न भएको भिडन्तमा सशस्त्र प्रहरीले हवाई फायर गरेकाे छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४६ गुल्म डोल्पाबाट खटिएको टोलीले स्थिति नियन्त्रण बाहिर जान नदिन दुई राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रहरी निरिक्षक मनिस थापाले जानकारी दिनुभएको छ।
यार्सागुम्बा सङ्कलनको सिजन सुरु भएसँगै सीमावर्ती क्षेत्रमा दोहोऱिने विवादले गर्दा झडप भएको प्रहरी थापाले बताउनुभयाे।
स्थानीय सरकार र सम्बन्धित निकायको बेवास्ताका कारण सीमांकन नटुंगिएको र यार्सा जस्तो बहुमूल्य वन उत्पादको स्वामित्वको विषयलाई लिएर दुवै जिल्लाका बासिन्दाबीच झडप दोहोरिएकाे रुकुमपूर्वका नाम नखुल्ने शत्रमा एक यार्सा संकलन कर्ताले बताएका छन्।
प्रकाशित मिति : २०८२ जेष्ठ १० गते शनिवार













प्रतिक्रिया दिनुहोस्