विगतकाे झै यश वर्ष पनि यार्सागुम्बा संकलनका लागि डोल्पा गएका रुकुम पूर्वका एक किशोरको ज्यान गएको छ। पुथाउत्तरगंगा गाउँपालिका–९ स्थित आदर्श माध्यमिक विद्यालय, खाराबाङमा कक्षा ९ मा अध्ययनरत १७ वर्षीय अविराज विकको मृत्यु भएको वडा -९ का वडाध्यक्ष हर्कप्रसाद रोकाले जानकारी दिए ।
वडाध्यक्ष राेकाकाे अनुसार केही दिनअघि हजुरबुवासँगै यार्सागुम्बा टिप्न डोल्पा गएका विकको शनिवार अचानक स्वास्थ्य बिग्रँदा ज्यान गएको बताए । प्रारम्भिक अनुमानमा विकको मृत्यु ‘लेक लागेर’ अर्थात् उच्च उचाइका कारण भएको स्वास्थ्य जटिलताबाट भएको हुन सक्ने आशंका गरिएको छ।
प्रत्येक वर्ष डोल्पा र रुकुमपूर्व लगायतका उच्च हिमाली क्षेत्रहरू यार्सागुम्बा संकलनका लागि जोखिम मोलेर जानेहरूको गन्तव्य बन्छन्। मौसम प्रतिकूलता, आधारभूत स्वास्थ्य सेवाको अभाव, र उच्च उचाइमा हुने स्वास्थ्य समस्या (जसलाई लेक लाग्ने भनिन्छ) जसकाे कारण हरेक वर्ष दुःखद घटनाहरू दोहोरिरहन्छन्।
















प्रतिक्रिया दिनुहोस्