२०८३ कार्तिक ११ गते मङ्गलवार

गणतन्त्र दिवसको दिन अध्यक्ष गाउँमै, ढुंगा खसेर जोखिममा परेको बस्तीको निरीक्षण



देशभर गणतन्त्र दिवसको उत्सव भइरहँदा भूमे गाउँपालिका–४ को काडामा गाउँका बासिन्दा भने सल्लेरी पाखाबाट खस्न थालेका ढुंगाको त्रासमा छन्। सोही दिन भूमे  गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ खतरा बढ्दै गएको बस्ती पुगेर स्थलगत निरीक्षणमा  खत्तनु भएको छ।

करिब १ सय ५० घरधुरी रहेको काडामा गाउँको उत्तरी भागको सल्लेरी डाँडाबाट लगातार ढुंगा खस्न थालेपछि बस्ती उच्च जोखिममा परेको छ। केही ढुंगा त बस्ती नजिकै आइपुगेका छन्। स्थानीयवासी पलु कामीले भने रातभर सुत्न सकिन्न, बच्चाबच्ची समाएर भाग्नुपर्ने अवस्था आएको छ। स्थानीय सरकारले जाेखिम न्युनिकरण गर्छ भन्ने आशामा छाै कामीले भने।

स्थानीयको जाेखिममा भए पछि बिहीबार गाउँपालिका  अध्यक्ष श्रेष्ठको नेतृत्वमा नेपाली सेना, प्राविधिक टोली, वडा अध्यक्ष स्याम प्रसाद बुढा मगर  सहितको टोलीले घटनास्थलको निरीक्षण गर्नुभएकाे हो।

निरीक्षणपश्चात अध्यक्ष श्रेष्ठले तत्काल राहत र सुरक्षा प्राथमिकतामा राख्दै आपतकालीन योजना अघि बढाइने जानकारी दिनुभएकाे “ढुंगा सामान्य आकारका छैनन्, बर्खा सुरु नहुँदै खस्न थालेकाले तत्काल जाेखिम न्युनिकरण अगाडि बढ्ने उँहाले बताउनुभयाे।

प्राविधिकहरूको प्रारम्भिक मूल्याङ्कन अनुसार सल्लेरी पाखाको भू–संरचना कमजोर छ, जसले गर्दा वर्षात्सँगै झनै ढुंगा खस्ने सम्भावना बढेको छ। दीर्घकालीन रूपमा संरचनात्मक उपाय आवश्यक भएको उनीहरूको सुझाव छ।

गणतन्त्र दिवसको अवसरमा स्थानीय स्तरमा नेतृत्वले देखाएको सक्रियतालाई धेरैले सकारात्मक रूपमा लिएका छन्। नागरिक संग भाषणमा बाेल्ने भन्दा पनि विकास निर्माण जोखिममा रहेका नागरिकको छेउमा पुग्नु साँचो गणतन्त्रको अभ्यास भने गाउँपालिका अधङ श्रेष्ठले देखाउनु भएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बिहिवार