रुकुम पूर्वको भूमे गाउँपालिका–३ स्थित शहीद शुक्र माध्यमिक विद्यालय, सिमामा शिक्षक–अभिभावक संघ गठन गरिएको छ। विद्यालय प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रममा मनकुमारी पुनको अध्यक्षतामा नयाँ संघ गठन गरिएको हो।
संघको सदस्य सचिवमा अनिल आचार्य चयन भएका छन्। अन्य निर्वाचित सदस्यहरूमा तिर्थमान सुनार, हिमाल रोका, हरी पुन, धिराज पुन, जसमाया विक र कर्मला रोका रहेका छन्।
विद्यालय, शिक्षक र अभिभावकबीचको सहकार्य र समन्वय सुदृढ गर्न गठित शिक्षक–अभिभावक संघले शिक्षाको गुणस्तर सुधार, विद्यार्थीको हित संरक्षण तथा विद्यालयको समग्र विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ।
नवगठित समितिलाई विद्यालय परिवार, स्थानीय अभिभावक तथा समुदायले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। संघको गठनसँगै विद्यालय व्यवस्थापनमा पारदर्शिता, सक्रियता र सहभागिता बढ्ने अपेक्षा गरिएको छ।















प्रतिक्रिया दिनुहोस्