नेपालभर मनसुनको पूर्वसन्ध्यामा जब वर्षा अधिक हुने चेतावनी जारी भएको छ, त्यसको सबैभन्दा गहिरो असर हिमाली र पहाडी जिल्ला रुकुमपूर्वमा पर्न सक्छ भन्ने बुझ्न जरुरी छ। जल तथा मौसम विज्ञान विभागले यस वर्ष औसतभन्दा बढी वर्षाको प्रक्षेपण गरेको छ, जुन कृषि, जनजीवन र पूर्वाधार तीनै क्षेत्रमा असर पुर्याउन सक्छ।रुकुमपूर्वको जीवनशैली अझै पनि मनसुनको तालमा चल्दछ—माटोमा समयमै पानी परे भने बाली उम्रन्छ, नभए भोकको जोखिम आउँछ।तर, मनसुनको पानी अहिले वरदानभन्दा पहिले खतरा बनिरहेको छ।बर्खामा यस जिल्लाका दर्जनौ सडकहरू पहिरोले अवरुद्ध हुने गरेको ईतिहास ताजा छ।
गत वर्षकै उदाहरण लिऔँ—सिस्ने, भूमे, पुथा उत्तरगंगा गाउँपालिकाको अधिकाशं स्थाहरुमा अविरल वर्षासँगै पहिरो जाँदा मानिस विस्थापित भए, बाली नष्ट भयो, बाटो अवरुद्ध हुँदा बिरामीले अस्पतालसम्म पुग्न सक्ने अवस्था रहेन।त्यसैले यसपालिको पूर्वानुमानले स्थानीय तह, सुरक्षा निकाय, र समुदायलाई उच्च तयारीमा बस्न चेतावनी दिएको छ।रुकुमपूर्वजस्ता जिल्लाले सधैं प्राथमिकताको स्थान पाउनु पर्छ, तर कागजमा हुने योजना व्यवहारमा नआउँदा जनताले सास्ती व्यहोर्नुपर्ने पुरानै कहानी दोहोरिने खतरा हुन्छ।त्यसैले हामि सबै सजक रहन जरुरी रहेको छ।
भूमे गाउँपालिकाले हरेक वडामा उद्धारका लागि स्वयंसेवक तयार पार्ने, पूर्वतयारीका सामग्री डोरी, बोट, टेन्ट, औषधि—पहिल्यै व्यवस्थापन गर्ने, खतरायुक्त बस्तीलाई स्थानान्तरणको योजना बनाउने अगाडि सारेको छ भने स्थानीय तहहरूले पहिल्यै सावधानी अपनाउन आवश्यक्ता देखिन्छ।
मनसुन आउँदै छ—यसले बाली उमारोस्, जीवन झन् सहज बनाओस् भन्ने हाम्रो कामना हो।तर, मनसुनले आँधी ल्यायो भने ? त्यसको सामना गर्न पूर्वतयारी अब विकल्प होइन, आवश्यक्ता हो। सरकार र समुदाय दुवैले मिलेर यस वर्षको मनसुनलाई सामना गर्नुपर्छ—नत्र यसले फेरि पीडा, क्षति र विस्थापनको इतिहास दोहोर्याउँछ।
















प्रतिक्रिया दिनुहोस्