२०८३ कार्तिक १२ गते बुधवार

करोडौंको आयोजनामा कालो पत्रे सडक निर्माणमा कमसल सामग्री



कालो पत्रे सडक निर्माणमा कमसल सामग्री

हिमाली जिल्ला रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर -३ स्थित शिसाघारी,सिमा, झुम्लाबाङ-राङ्सी सडक खण्ड कालो पत्रे हुनु भनेको नागरिक लागि साउने भेल झै विकासको मुल फुट्नु हो।जहाँका नागरिक ग्रामिण सडक कालो पत्रे हुने हुदाँ निकै खुसी छन्।

लुम्बिनी प्रदेश सरकारअन्तर्गत ग्रामीण सडक पहुँच सुधार परियोजना (RCIP-AF) अन्तर्गत निर्माणाधीन सो सडक खण्ड निर्माण व्यवसायीले काममा लापरबाही गरेको छ। भारतको बिहार, पटनास्थित M/S NNT डेप्लोपर्स कम्पनीले ठेक्का लिएको यो सडक आयोजनामा कमसल बालुवा र ग्याविङ बाल प्रयोग गरिएको छ।

करिब ६ किलोमिटर सडक स्तरोन्नति, निर्माण र मर्मतसम्भारको काम भइरहेको छ।कुल लागत झण्डै १८ करोड ८० लाख रुपैयाँ  भ्याट र पि/एस सहित रहेको यो योजनाको वित्तीय सहयोग एशियाली विकास बैंकबाट गरिएको हो।

निर्माणको जिम्मा लिएको कम्पनीले गुणस्तरीय मापदण्डको उल्लङ्घन गर्दै कमजोर सामग्री प्रयोग छ।सडकमा  लगाइएको ग्याविङ बाल हेर्दा नै थाहा हुन्छ।निर्माणको नाममा ढाँट र धोका भएको छ।यसरी बनाइएको सडक एक मनसुन पनि टिक्दैन।

योजनाको सूचना बोर्डअनुसार, ठेक्का सम्झौता २०८१ सालमा गरेर निर्माण अवधि दुई चरणमा बाँडिएको छ – पहिलो चरणको ७३० दिन र त्यसपछिको ३६५ दिनको Defect Liability Period (DLP), अनि दोस्रो चरणमा थप ७३० दिनको मर्मतसम्भार रहेको छ।तर प्रारम्भिक चरणमै गुणस्तरप्रति प्रश्न उठेपछि आगामी कामप्रति अझै शंका बढेको छ। सडक निर्माणमा प्रयोग हुने सामग्री मापदण्ड अनुसार हुनुपर्ने भए पनि त्यसको पालना भएको छैन।

प्रकाशित मिति : २०८२ जेष्ठ २१ गते बुधवार