२०८३ साउन १६ गते शनिवार

पहिचान बचाउने अभ्यास : भूमेमा मौलिक संस्कृतिको तालिम सुरु

एकातर्फ विश्वव्यापी आधुनिकताको लहर, अर्कोतर्फ गाउँघरतिर लोप हुँदै गइरहेका मौलिक कला र संस्कृति। यही सन्दर्भमा, रुकुमपूर्वको भूमे गाउँपालिका–२ सैपातुङमा एक विशेष अभ्यास सुरु भएको छ। संस्कृति बचाउने अभ्यास, बुधबार जेठ २१ देखि २७ गतेसम्म चल्ने यो अभ्यास नाचगानको तालिम मात्रै होइन, आफ्नै पहिचान सँगाल्ने एउटा अभियानकाे रुपमा रहेकाे छ ।

एक हप्तासम्म चल्ने तालिमको केन्द्रमा छन्—भूमे नाच , फाँक र पैसेरु नाच, यी सबै परम्परागत नाच शैली मगर समुदायसँग प्रत्यक्ष जोडिएका हुन्। तर यसको उद्देश्य केवल मगर समुदायभित्र सीमित छैन। स्थानीय कला, परम्परा र संस्कृतिको साझा पहिचान भएको स्थानीयले बताएका छन्।

लोप हुँदै गएका कला पुनर्जीवनतर्फ

तालिमको आयोजना मगर कला संस्कृति संरक्षण प्रवद्र्धन भूमे–२ ले गरेको छ। जसको सहयोग भने जिजी कोष (यूएसए/युकेको आर्थिक सहयोग) र दिगो तथा समतामूलक विकास नेपाल काठमाडौँले गरेको छ। भूमे गाउँपालिकाले भने यसको प्रवद्र्धकको भूमिका निर्वाह गरेको साे गाउँपालिकाले जनाएको छ।

तालिममा सहभागी छनोट गरिएको छ। भूमे नाचका लागि ३० जना (१५ महिला, १५ पुरुष), पैसेरुका लागि १५ जना र फाँक नाचका लागि १२ जना। सहभागीलाई पोसाक, भत्ता र आवश्यक बाजागाजासहितको सुविधा दिइएको छ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले तालिमलाई सांस्कृतिक जगेर्नासँगै रोजगारीको सम्भावना बोकेको कार्यक्रम रहेकाे बताउनुभयो । “मौलिकता जोगाउने त हो नै, अब यसलाई पर्यटकले पनि हेर्ने ठाउँ बनाउनु पर्छ। संस्कृति सँगसँगै आर्थिक गतिविधि जोड्न सकिन्छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयाे ।

यस्तै भूमे गाउँपालिकाका संस्थापक अध्यक्ष एवम् तालिम उद्घाटन कार्यक्रमका विशेष अतिथि रामसुर बुढामगरले पुराना कलालाई संरक्षण गर्दै प्रवद्र्धन गर्नु पर्ने आवश्यक रहेको बताउनुभयो । मौलिक कला, संस्कृतिलाई प्रवद्र्धन गर्नमा ठूलो योगदान मिल्ने बुढामगरले बताउनुभयो ।

तालिम सकिएपछि सिकाइ भएका सहभागीहरूलाई गाउँगाउँमा उत्पादनमूलक नाच कार्यक्रम प्रस्तुति दिन र पर्यटन गन्तव्यमा प्रस्तुति गर्न उत्प्रेरित गरिने बताइएको छ।अहिलेको तालिमले देखाएको छ—संस्कृति जोगाउने काम केवल विगत सम्झनाका लागि होइन, भविष्य निर्माणका लागि हो। आधुनिकतासँगै अगाडि बढ्दै पनि आफ्नो जरा नभुल्ने अभ्यास बनेकाे छ।

उक्त कार्यक्रम मगर कला संस्कृति संरक्षण प्रवद्र्धन भूमे–२ का अध्यक्ष मदन बुढामगरको अध्यक्षतामा सुरु भएको थियाे।प्रमुख अतिथि भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठको रहेको थियो भने विशेष अतिथिमा भूमे गाउँपालिकाका संस्थापक अध्यक्ष रामसुर बुढामगरको रहेको थियो ।यस्तै वडा सदस्य रकम पुनमगर, रासकुमार बुढामगर, भूमे गाउँपालिकाका संस्थापक कार्यपालिका सदस्य श्यामसुन्दर सदार यसैगरी नेपाली काँग्रेसका जिल्ला सहसचिव धनप्रताप बुढा, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष चन्द्र रसाइली, नेपाल पत्रकार महासंघका संस्थापक जिल्ला अध्यक्ष मैत्या घर्ती मगर, वर्तमान महासंघका उपाध्यक्ष बालाराम शेर्पाली , प्रेस सेन्टर नेपाल रुकुमपूर्वका अध्यक्ष जयमान बुढामगर लगायत स्थानीय बुद्धिजीविको आतिथ्यता रहेको थियाे।

गाउँपालिका–२ सैपातुङमा एक विशेष अभ्यास सुरु भएको छ। संस्कृति बचाउने अभ्यास, बुधबार जेठ २१ देखि २७ गतेसम्म चल्ने यो अभ्यास नाचगानको तालिम मात्रै होइन, आफ्नै पहिचान सँगाल्ने एउटा अभियानकाे रुपमा रहेकाे छ ।

एक हप्तासम्म चल्ने तालिमको केन्द्रमा छन्—भूमे नाच , फाँक र पैसेरु नाच, यी सबै परम्परागत नाच शैली मगर समुदायसँग प्रत्यक्ष जोडिएका हुन्। तर यसको उद्देश्य केवल मगर समुदायभित्र सीमित छैन। स्थानीय कला, परम्परा र संस्कृतिको साझा पहिचान भएको  स्थानीय बताएका छन्।

लोप हुँदै गएका कला पुनर्जीवनतर्फ

तालिमको आयोजना मगर कला संस्कृति संरक्षण प्रवद्र्धन भूमे–२ ले गरेको छ। जसको सहयोग भने जिजी कोष (यूएसए/युकेको आर्थिक सहयोग) र दिगो तथा समतामूलक विकास नेपाल काठमाडौँले गरेको छ। भूमे गाउँपालिकाले भने यसको प्रवद्र्धकको भूमिका निर्वाह गरेको साे गाउँपालिकाले जनाएको छ।

तालिममा  सहभागी छनोट गरिएको छ। भूमे नाचका लागि ३० जना (१५ महिला, १५ पुरुष), पैसेरुका लागि १५ जना र फाँक नाचका लागि १२ जना। सहभागीलाई पोसाक, भत्ता र आवश्यक बाजागाजासहितको सुविधा दिइएको छ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले तालिमलाई सांस्कृतिक जगेर्नासँगै रोजगारीको सम्भावना बोकेको कार्यक्रम रहेकाे बताउनुभयो । “मौलिकता जोगाउने त हो नै, अब यसलाई पर्यटकले पनि हेर्ने ठाउँ बनाउनु पर्छ। संस्कृति सँगसँगै आर्थिक गतिविधि जोड्न सकिन्छ,” अध्यक्ष  श्रेष्ठले भन्नुभयाे ।

यस्तै भूमे गाउँपालिकाका संस्थापक अध्यक्ष एवम् तालिम उद्घाटन कार्यक्रमका विशेष अतिथि रामसुर बुढामगरले पुराना कलालाई संरक्षण गर्दै प्रवद्र्धन गर्नु पर्ने आवश्यक रहेको बताउनुभयो । मौलिक कला, संस्कृतिलाई प्रवद्र्धन गर्नमा ठूलो योगदान मिल्ने  बुढामगरले बताउनुभयो ।

तालिम सकिएपछि सिकाइ भएका सहभागीहरूलाई गाउँगाउँमा उत्पादनमूलक नाच कार्यक्रम  प्रस्तुति दिन र पर्यटन गन्तव्यमा प्रस्तुति गर्न उत्प्रेरित गरिने बताइएको छ।अहिलेको तालिमले देखाएको छ—संस्कृति जोगाउने काम केवल विगत सम्झनाका लागि होइन, भविष्य निर्माणका लागि हो। आधुनिकतासँगै अगाडि बढ्दै पनि आफ्नो जरा नभुल्ने अभ्यास बनेकाे छ।

उक्त कार्यक्रम मगर कला संस्कृति संरक्षण प्रवद्र्धन भूमे–२ का अध्यक्ष मदन बुढामगरको अध्यक्षतामा सुरु भएको थियाे।प्रमुख अतिथि भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठको रहेको थियो भने विशेष अतिथिमा भूमे गाउँपालिकाका संस्थापक अध्यक्ष रामसुर बुढामगरको रहेको थियो ।यस्तै  वडा सदस्य रकम पुनमगर, रासकुमार बुढामगर, भूमे गाउँपालिकाका संस्थापक कार्यपालिका सदस्य श्यामसुन्दर सदार यसैगरी नेपाली काँग्रेसका जिल्ला सहसचिव धनप्रताप बुढा, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष चन्द्र रसाइली, नेपाल पत्रकार महासंघका संस्थापक जिल्ला अध्यक्ष मैत्या घर्ती मगर, वर्तमान महासंघका उपाध्यक्ष बालाराम शेर्पाली , प्रेस सेन्टर नेपाल रुकुमपूर्वका अध्यक्ष जयमान बुढामगर  लगायत स्थानीय बुद्धिजीविको आतिथ्यता रहेको थियाे।

प्रकाशित मिति : २०८२ जेष्ठ २१ गते बुधवार