२०८३ साउन १३ गते बुधवार

बुकीपाटनमा यार्साको संरक्षण गर्न सरसफाइ गरियाे



विश्व वातावरण दिवसको अवसरमा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ स्थित बुकीपाटनमा सरसफाइ तथा जनचेतना कार्यक्रम गरिएको छ। यार्सागुम्बा सङ्कलनका लागि प्रसिद्ध यस उच्च हिमाली क्षेत्र फोहोरको चपेटामा पर्न थालेपछि संघसंस्थाहरू र यार्सा सङ्कलनकर्ताहरूको पहलमा सरसफाइ गरिएको हाे।

पुथाउत्तरगंगा गाउँपालिकाको समन्वयमा युएमएन रुकुमपूर्व र मिक नेपाल रुकुमपूर्वको साझेदारीमा १ सय जनाभन्दा बढी यार्सा सङ्कलनकर्ताहरूको सक्रिय सहभागितामख उक्त कार्यक्रम गरिएको हाे।

कार्यक्रमको अध्यक्षता युएमएनका टिम लिडर शिव अधिकारीकाे रहेकाे थियाे भने वडा – २ वडाध्यक्ष जगत घर्ती प्रमुख अतिथि थियाे। यस्तै इलाका प्रहरी कार्यालय रन्मामैकोटका प्रमुख बलबहादुर नेपाली, युएमएनका परियोजना मेनेजर सुरज सुनार लगायतको उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते शुक्रवार