रुकुमपूर्व, शनिबार — अनुग्रह ए.जी.एफ.एन. मण्डलीले रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। मण्डली अन्तर्गतको जवान समूहको पहलमा टाकुरा सडक खण्ड, चोक बजार, कमलदह क्षेत्र हुँदै मण्डली प्राङ्गणसम्म सफाइ गरिएको हो।
पवित्रता र सेवाभावलाई प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा मण्डलीका पास्टर रुबेन विश्वकर्माले भने, “जसरी हामी बाहिरी फोहोर सफा गर्छौं, त्यसैगरी येशू ख्रीष्टमा विश्वासद्वारा मानिसको पाप पनि क्षमा भई शुद्ध पारिन्छ।”
“सफा सहर, सबैको रहर” र “स्वच्छता हाम्रो पहिचान, सरसफाइ हाम्रो अभियान” भन्ने प्रेरणादायी नारासहित कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रमको क्रममा कमलदह परिसरमा फोहोर व्यवस्थापनका लागि तीनवटा डस्टबिन पनि राखिएको छ। पास्टर विश्वकर्माको नेतृत्वमा भएको कार्यक्रममा मण्डली अन्तर्गतका जवान समूह मात्र नभई सम्पूर्ण मण्डली परिवारको सक्रिय सहभागिता रहेको थियो।
पास्तर विश्वकर्माले बाइबल सन्देश उद्धृत गर्दै भने, “तिमीहरूको ज्योति मानिसहरूमा चम्कोस्, र तिनीहरूले तिमीहरूको सुकर्म देखून् र स्वर्गमा हुनुहुने तिमीहरूको पिताको महिमा गरून।” उहाँले यस्ता सामाजिक कार्यमार्फत समाजमा सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।
















प्रतिक्रिया दिनुहोस्