२०८३ कार्तिक १२ गते बुधवार

रुकुमपूर्वबाट होमप्रकाश ‘हिमाल’ र जीतमान ‘मार्सल’ माओवादीको वैकल्पिक केन्द्रीय सदस्यमा मनाेनीत



नेकपा (माओवादी केन्द्र)ले होमप्रकाश श्रेष्ठ ‘हिमाल’ र जीतमान पुन ‘मार्सल’लाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्यमा सिफारिस गरेको छ। पार्टी केन्द्रीय समितिको पछिल्लो निर्णयअनुसार दुबै नेताको योगदानको मूल्यांकन गर्दै मनाेनीत गरिएको हो।

जनयुद्धको समयमा जनमुक्ति सेनाका प्रभावशाली कमाण्डरका रूपमा परिचित ब्यक्ति हिमाल लामो समयदेखि पार्टी राजनीतिमा क्रियाशील छन्। श्रेष्ठ पार्टीको लुम्बिनी प्रदेश समिति सचिवालय सदस्यको जिम्मेवारीमा पनि रहीसक्नुभएको छ।

त्यसैगरी,जितमान पुन (मार्सल) गत जेठ ७ गते नेपाल समाजवादी पार्टी परित्याग गरी पुनः माओवादी केन्द्रमा फर्किनुभएको थियो। उहाँको विगतको राजनीतिक अनुभव र समर्पणलाई आत्मासाथ गर्दै केन्द्रीय समितिले उहाँलाई वैकल्पिक सदस्यको रूपमा अगाडि सारेको बताइएको छ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते शनिवार