रुकुम पूर्व,- पुथा उत्तरगङ्गा गाउँपालिकाको किशोरी अधिकार मञ्च (GRF) ले २०८२ जेठ २९ देखि ३१ गतेसम्म वडा नं. १० टकमा वार्षिक साधारण सभा तथा रणनीतिक योजना कार्यशाला सम्पन्न गरेको छ।
तीनदिने कार्यक्रममा विगतका गतिविधिको समीक्षा, समूहगत SWOT विश्लेषण, किशोरी अधिकार, लैङ्गिक हिंसा, यौन तथा प्रजनन स्वास्थ्य (SRHR), र नेतृत्व विकाससम्बन्धी सत्रहरू सञ्चालन गरिएका थिए। साथै, लोकतान्त्रिक प्रक्रियाबाट नयाँ नेतृत्व चयन र आगामी वर्षका लागि SMART रणनीतिक योजना निर्माण गरिएको थियो।
कार्यक्रममा गाउँपालिकाका १४ वटै वडाबाट विभिन्न सामाजिक, जातीय र भौगोलिक पृष्ठभूमिका ४० जना किशोरी (२२ जनजाति, १३ दलित, ५ अन्य) को सहभागिता रहेको थियो। युनाइटेड मिशन टू नेपालको सक्षम परियोजनाको सहजीकरणमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष नरपुरा बुढा पुन, प्रमुख प्रशासकीय अधिकृत धु्रव विक, शिक्षा शाखा प्रमुख रामप्रसाद खड्का, महिला तथा बालबालिका शाखा प्रमुख कल्पना देवकोटा, वडा अध्यक्षहरू तथा सरोकारवालाहरूको विशेष उपस्थिति थियो।
नयाँ कार्यसमितिमा प्रतिमा पुन (वडा नं. ५) अध्यक्ष, विनिता बुढा मगर (१०) उपाध्यक्ष, सामना पुन मगर (१०) सचिव, राजीना सिर्पाली (११) सहसचिव, ममिता सुनार (१२) कोषाध्यक्षमा चयन भएका छन्। साथै, विभिन्न वडाका १० जना किशोरी सदस्यमा चयन भएका छन्।
कार्यशालाले किशोरी सशक्तिकरण, अधिकार प्रवर्द्धन, सहभागितामूलक योजना निर्माण र सहकार्य सञ्जाल बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याएको मञ्चले जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्