२०८३ बैशाख ५ गते शनिवार

काँडामा पाँचौँ भूमे कप सुरु युवाको सहभागिताले गाउँमै खेल उत्सव



रुकुमपूर्वको भूमे गाउँपालिका–४ काडास्थित ताम्राभूमी रंगशालामा पाँचौँ भूमे कप–२०८२ सुरु भएको छ। भूमे गाउँपालिका, वडा नं. ४ र जनज्योति युवा क्लबको सहआयोजनामा प्रतियोगिता सुरु भएको हो।

गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले रिबन काटेर प्रतियोगिताको उद्घाटन गर्नुभएकाे हाे। कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यसअघि पालिकाकाे केन्द्रमा आयोजना हुँदै आएको प्रतियोगिता यसपालि खेलाडीको घरदैलोमै ल्याउन खोजिएको बताउनुभयो। “युवा सहभागिता जहाँ छ, त्यहीँ खेल खेल खेलाउने कदम चालिएको बताउनुभएको छ।साथै खेल मर्यादित बनाउन र सफलताको शुभकामना दिनुभएको छ।

यस्तै विषेश अतिथि तथ गाउँपालिका उपाध्यक्ष सबिना बुढामगरले स्थानीय युवाको क्षमता उजागर गर्न खेल प्रभावकारी माध्यम भएको बताउँनु भएको छ। भलिबल खेलले युवाको नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।

खेलकुदले गाउँमा सकारात्मक सन्देश प्रवाह गर्ने भन्दै वडा नं. ४ का अध्यक्ष स्यामप्रसाद बुढामगरले यस्ता कार्यक्रमलाई नियमित रूपमा प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति भीमबहादुर खड्काले युवालाई भूमे गाउँपालिकाले खेल प्रति गरेकाे सम्मान प्रशंसा गर्नुभएको थियाे।

जनज्योति युवा क्लबका अध्यक्ष विरजङ बुढामगरका अनुसार प्रतियोगिता वडा स्तरमै सीमित गरिएको छ। महिला तथा पुरुष भलिबल, पुरुष फुटबल र लोकदोहोरी प्रतियोगिताका विजेता टोलीलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

भलिबल महिला,पुरुष पुरस्कार राशी सम्मान रहेकाे छ।प्रथम , दृतिय र तृतीय हुनेलाई ७० हजार,: ४५ हजार, तेस् ३० हजार, ५ हजार रहेकाे छ।यस्तै फुटबल तर्फ प्रथम ३० हजार, दोस्रो: २० हजार, तेस्रो: १० हजार, सान्त्वना: ५ हजार रुपैयाँ रहेकाे छ।यस्तै लोकदोहोरी तर्फ प्रथम: १० हजार, दोस्रो: ७ हजार, तेस्रो: ५ हजार, सान्त्वना: ३ हजार रुपैयाँ रहेकाे छ।

उक्त कार्यक्रममा नौ वटै वडाध्यक्ष, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष चन्द्र रसाईली, नेपाली कांग्रेसका स्थानीय नेता लगायतको उपस्थिति थियो।

प्रकाशित मिति : २०८२ असार १ गते आइतवार