२०८३ बैशाख ५ गते शनिवार

अर्गानिक जिल्ला ‘फेसन’ मात्रै बन्यो : सभामुख घर्तीमगर



लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले रुकुमपूर्वलाई अर्गानिक जिल्ला भन्ने कुरा अहिले ‘फेसन’ मात्रै बनेको टिप्पणी गर्नुभएकाे छ।उहाँले अर्गानिकको नाममा यहाँ वास्तविक कृषकभन्दा ‘फाइल किसान’ बढ्दै गएको बताउनुभयो ।

रुकुमपूर्वको पर्यटन विकास र पोखरासँग सम्बन्ध विस्तार विषयक अन्तरक्रिया कार्यक्रममा  बोल्दै सभामुख घर्तीमगरले भन्नुभयाे। “यहाँ अर्गानिक खेतीको कुरा बढी गरिन्छ, तर त्यो व्यवहारमा कम देखिन्छ। कागजमै अर्गानिक, व्यवहारमा रासायनिक मल।”उहाँले व्यवसायिक किसानभन्दा पनि फाइल बोकेर फोटो खिचाउने किसान बढेका छन्।यदि यही ढंङले जाने हो भने अर्गानिक जिल्लाको नाम केवल नाममै सीमित हुने बताउनुभयाे।यहाँका कृषि र पर्यटन क्षेत्रलाई जोडेर योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने सुझाव दिनुभएको छ।

पाेखरा महानगरपालिकाबाट रुकुमपूर्व पुगेका पर्यटन व्यवसायीले  रुकुमपूर्वमा उत्पादन हुने अर्गानिक कृषि उपजलाई बजार विस्तार र ब्रान्डिङ गर्न स्थानीय, प्रदेश र संघीय सरकारको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्।रुकुमपूर्वलाई अर्गानिक जिल्ला घोषणा गरिएको केही वर्ष भए पनि सरकारी योजना कागजमै सीमित भएको भन्दै सहभागीहरूले आलोचना गरेका छन्।

प्रकाशित मिति : २०८२ असार ३ गते मङ्गलवार