२०८३ बैशाख ५ गते शनिवार

जाजरकोटमा तीन जना पत्रकार सम्मानित



जाजरकोट जिल्लाको नलगाड नगरपालिकाले तीन जना क्रियाशील पत्रकारलाई सम्मान गरेको छ।नगरपालिकाको विकास र समृद्धिका लागि सञ्चार क्षेत्र बाट महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै १६ औं नगरसभाको अवसरमा नगद पुरस्कार सहित सम्मान गरेको बताएको छ।पत्रकार केवी दर्शन , हेमन्त केसी, दीप बहादुर घर्तीलाई सम्मान गरिएको छ ।

नगरपालिकाको १६औँ नगरसभा अवसरमा आयोजित एक विशेष कार्यक्रममा नगरप्रमुख डम्बर बहादुर रावत, नगर उपप्रमुख देवका लामिछाने, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुन तथा प्रमुख अतिथि काली बहादुर खत्रीको उपस्थितिमा प्रशंसा–पत्रसहित नगद पुरस्कार प्रदान गरिएको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख रावतले पत्रकारहरुले नलगाड नगरपालिकालाई व्यवस्थित र अनुकरणीय स्थानीय तहको रूपमा स्थापित गर्न सूचना प्रवाह, जनचेतना र निगरानीको क्षेत्रमा पु¥याएको योगदान उल्लेखनीय रहेको बताएका छन् ।

 

प्रकाशित मिति : २०८२ असार १२ गते बिहिवार