२०८३ बैशाख ५ गते शनिवार

भूमे–७ का जेष्ठ नागरिक, अपाङ्ग र सहिद परिवारसंग अन्तरक्रिया



  • चयन कुमार बुढा

रुकुमपूर्वकाे भूमे गाउँपालिका –७ मा वडा कार्यालयले जेष्ठ नागरिक, घाइते अपाङ्ग र सहिद परिवारहरूसँग अन्तरक्रिया गर्दै सम्मान कार्यक्रम सम्पन्न गरेको छ।बिहिवार धर्मशालामा आयोजित कार्यक्रममा सहभागीहरूलाई छाता वितरण गर्दै वडाले कदर प्रकट गरेको हो।

कार्यक्रमा वडा अध्यक्ष सङ्गम रोकाले योगदान गरेका व्यक्तिप्रति सम्मान प्रकट गर्नु स्थानीय सरकारको कर्तव्य भएको बताउनुभयाे।जसले समाजका लागि योगदान गर्नुभयो, उहाँहरूलाई सम्झिनु र सम्मान गर्नु दायित्व भएको बताउनुभयो ।

यस्तै जिल्ला समन्वय समिति सदस्य महिमान रोकाले वडास्तरमै यस्ता कार्यक्रम हुनु सकारात्मक अभ्यास भएको धारणा ब्यक्त गर्नुभयाे ।

कार्यक्रममा सहभागी जेष्ठ नागरिक कबिराज रोकाले यस्तो सम्मानले आफूहरूमा आत्मबल बढेको बताउनुभयाे।

उक्त कार्यक्रममा वडा भित्रका अधिकांश जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सहिद परिवारका प्रतिनिधिहरूको उपस्थिति थियो।

प्रकाशित मिति : २०८२ असार १२ गते बिहिवार