हिमाली जिल्ला रुकुम पूर्वको भूमे गाउँपालिकामा परम्परागत धान खेती जीवित रहेको एकमात्र गाउँ हो सिमा।परापूर्वकालदेखि यहाँका किसानहरूले धान रोप्दै आए पनि पछिल्लो समय खेतीप्रतिको चासो घट्दै गएको छ।बाँकी गाउँमा मकै खेतिमा रूपान्तरण भएको छ भने धेरै जमिन बाँझो बन्दै गएका छन्।भूमे–३ स्थित सिमा गाउँमा अझै करिब १सय ४० घरधुरी रहेको गाउँमा अहिले निकै कम मात्रामा धान रोप्दै आएका छन्।बैशाखमा बिरुवा राखेर असारकव पहिल साता देखि रोपाइँ सुरु गरेर असारको तेस्रो हप्तासम्म रोपाइँ गर्दै आएको स्थानीय किसान नरजित पुनले बताउनुभयो।
सिमा खेतमा रुकुमेली, भत्ते, रातो र विकासी जातका धान रोपिन्छ।“धेरै खर्च, धेरै मेहनत लाग्छ, तर आफ्नै उत्पादनको चामल खान पाउँछौं भन्ने सन्तोष छ,” किसान दिलसरा पुनले भन्नुभयो।तर खेती घाटामूलक बन्दै गएपछि धेरैले धान खेती छाडेको पुनले दुख ब्यक्त गर्नुभयो।
सो गाउँमा १ सय ४० घरधुरीमध्ये आधा भन्दा बढीले अहिले पनि धान रोप्दै आएका छन्। बाँकी मकै, कोदो र तरकारीतर्फ लागेका छन्।“धान खेती अब परम्परा जोगाउने नाममा मात्रै बाँकी छ,” अर्का किसान हरी पुनले भन्नुभयो।
छिमेकी सिस्ने गाउँपालिकाका केही वडामा अहिले पनि धान रोपाइँ हुने गरेको छ।यद्यपि त्यहाँ पनि युवा विदेशिएपछि र श्रमको अभाव भएपछि खेती घट्दै गएको छ।पुथा उत्तरगंगा गाउँपालिकामा भने लेकाली स्थान भएकोले मकै फल्न पनि निकै कठिन हुने गर्दछ।
पछिल्ला वर्षहरूमा धान खेती लोप हुँदै गइरहेको छ।“बर्सेनि खेतमा झार उम्रन्छ, कृषिमा चासो घट्दै जाँदा परम्परा संकटमा गएको छ।धान रोप्ने गीत, रोपाइँको रौनक र खेतको हरियाली अब सिमाका केही डाँडामा मात्र सीमित हुन थालेको छ।कृषिमा सरकारी लगानीको अभाव, स्थानीय तहको निष्क्रियता, र प्रविधिको पहुँच नहुँदा परम्परागत खेती हराउने अवस्थामा पुगेको किसानहरूको गुनासो छ।












प्रतिक्रिया दिनुहोस्