माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८१ को नतिजा सार्वजनिक भएसँगै रुकुमपूर्वका विद्यालयमा मिश्रित प्रतिक्रिया देखिएको छ। जिल्लाका २६ वटा माध्यमिक विद्यालयबाट परीक्षा दिएका एक हजार एक सय ८९ जना विद्यार्थीमध्ये ४०.०३ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तिलक गौतमका अनुसार नियमित परीक्षा दिएका ९२२ जना विद्यार्थीमध्ये ३२५ जना (३५.२५%) मात्र सफल भएकाे जानकारी दिनुभयाे। गाैतमका अनुसार ग्रेडवृद्धि तर्फका २६७ जना मध्ये १२१ जनाले मात्रै ग्रेड सुधार गर्न सफल भएकाे बताउनुभयाे । समग्रमा ४४६ जना विद्यार्थीले परीक्षा पास गरेका हुन् भने ७४३ जना अर्थात ६० प्रतिशत विद्यार्थी ‘नग्रेडेड’ सूचीमा परेका छन्।
गत वर्षको तुलनामा यस वर्ष एसईईको नतिजा केही सुधार भएको छ। यस वर्ष करिब १० प्रतिशत भन्दा बढि उत्तीर्णको दरबढेको हे। जुन सकारात्मक संकेत देखिएकाे छ।
उत्तीर्ण हुने विद्यार्थीमध्ये केवल पाँच जनाले ३.६१ देखि ४.०० जीपीएको दायरामा अंक हासिल गरेका छन्। ३.२१–३.६० जीपीएमा ३६ जना, २.८१–३.२० मा ११२ जना, २.४१–२.८० मा १३६ जना र २.०१–२.४० जीपीएको स्तरमा ३६ जना विद्यार्थी परेका छन्।
नतिजा सँगसँगै परीक्षा नियन्त्रण कार्यालय–कक्षा १० ले पूरक परीक्षाको तालिका पनि सार्वजनिक गरेको छ। साउन २९ गतेदेखि भदौ ६ गतेसम्म चल्ने परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने छ। ग्रेड प्राप्त गर्न नसकेकाहरू र परीक्षामा उपस्थित हुन नसकेकाहरूले पूरक परीक्षा दिन पाउने भएका छन्।











प्रतिक्रिया दिनुहोस्