रुकुम पूर्व — सिस्ने गाउँपालिका–३ तातोपानीस्थित भित्री कच्ची सडक खण्डमा साझ पख भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।
धाउनेबाट पोखरतर्फ जाँदै गरेको रा.३प.४५३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट चिप्लिएपछि दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक सिस्ने–३ पोखरा निवासी ४५ वर्षीय दलप्रसाद सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिनु भएको छ।
दुर्घटनामा परेका मोटरसाइकलमा पछाडि सवार ३६ वर्षीय उपेन्द्र खत्री घाइते भएका छन्। उनको ढाड र हातको औँलामा चोट लागेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
डिएसपी यादवका अनुसार भित्री कच्ची सडक साँघुरो र घुमाउरो रहेकाले मोटरसाइकल नियन्त्रण गुमाएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।











प्रतिक्रिया दिनुहोस्