२०८३ कार्तिक ११ गते मङ्गलवार

चुन्बाङका किसानलाई कागतीको बिरुवा ५० प्रतिशत अनुदानमा वितरण



रुकुमपूर्वको भूमे गाउँपालिका–९ चुन्बाङमा किसानहरूलाई कागतीको बिरुवा वितरण गरिएको छ।गाउँपालिका र वडा कार्यालयको ५० प्रतिशत अनुदानमा गाउँपालिकाको कृषि सेवा केन्द्र र वडा नं. ९ कार्यालयको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।

सो योजना किसानहरुको माग सङ्कलनको आधारमा अघि बढाइएको हो।गाउँपलिका कृषि प्राविधिक विशाल पुन मगरले बताउनु भएको छ।कार्यक्रमको लागि गाउँपालिका र वडाले संयुक्त रूपमा ५२ हजार रुपैयाँ बराबरको बजेट छुट्याएको थियो।५० प्रतिशत किसानको सहभागितासहित कूल १ लाख ४ हजार रुपैयाँ बराबरको बिरुवा खरिद गरिने योजना बनाइएको थियो।१ सय १९ जना किसानलाई वितरण छ।

विगतमा परम्परागत खेतीमा सीमित किसानहरू अहिले फलफूल खेतीतर्फ आकर्षित हुन थालेका छन्।गाउँपालिकाले समेत आगामी वर्षदेखि कृषिमा बजेट वृद्धि गर्दै व्यावसायिक कृषि प्रवर्द्धन गर्ने तयारी वडाध्यक्ष विनोद बुढामगरले बताउनुभयो।कागती, सुन्तला, अदुवा, लसुन नगदे जस्ता बालीले चुन्बाङ्गका किसानको जीवन बदल्ने लक्ष्य रहेको वडा अध्यक्ष बुढाले बताउनुभयो।

प्रकाशित मिति : २०८२ असार १७ गते मङ्गलवार