रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ स्थित मध्यपहाडी लोकमार्गमा एक आपसमा मोटरसाइकल ठोक्किदा गम्भीर घाईते भएका हेमराज ओलीलाई हेलिकप्टर मार्फत रिफर गरिएकाे छ।
रुकुमकोटबाट धौलापहिरा तर्फ जाँदै गरेको रा ७ प १२६२ नम्बरको मोटरसाइकल र बिपरित दिशा तर्फ जाँदै गरेको बा २९ प ४४२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएदा बा २९ प ४४२७ नम्बरको मोटरसाइकल चालक भूमे गाउँपालिका ५ धौलापहिराका २५ वर्षका कृष्ण खत्रीलाई सामान्य चेक जाँच पश्चात् जिल्ला अस्पताल रुकुमपूर्वले डिस्चार्ज गरेकाे छ।
रुकुम पश्चिम पश्चिम त्रिवेणी गाउँपालिका ८ का २७ वर्षिय हेमराज ओलीलाई रुमुमपूर्व अस्पतालमा उपचारको सम्भब नभए पछि प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्याैपाने, रुकुमपूर्व अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण खराल , समाजसेवी तथा युवा नेता चन्द्र रसाइली लगायतकाे समन्वयमा थप उपचारको लागि मनिपाल शिक्षण अस्पताल पाेखरामा पठाएको छ।
ओलीलाई गम्भीर समस्याको कारण रुकुमपूर्व अस्पतालबाट डा.पूर्ण बहादुर पुन र सामाग्री सहितको स्वास्थ्यकर्मी पनि हेलिकप्टरमा पठाएको छ।साथै मनिपाल शिक्षण अस्पतालकाे आकस्मिक कक्षलाई तत्काल उपचारको लागि तयारी रहन अनुराेध गरिएकाे छ।
सामान्य घाइते रहेका कृष्ण खत्रीलाई भने जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वकाे निगरानीमा लिएकाे छ। खत्रीलाई प्रहरीकाे निगरानी रहेन गरि थप उपचार गरिने प्रहरी नायव उपरिक्षक(डीएसपी) उमाशकर प्रसाद यादँवले जानकारी दिनुभएको छ । खत्रीकाे शरिरमा सामान्य चोट लागेको बताएको छ।
















प्रतिक्रिया दिनुहोस्