रुकुम पूर्व — असार १७ गते (हिजो) रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ स्थित मध्यपहाडी लोकमार्गमा दुइवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–८ निवासी २७ वर्षीय स्वास्थ्यकर्मी हेमराज ओली गम्भीर घाइते हुनुभएको छ।
रा.७ प.१२६२ नम्बरको मोटरसाइकलमा रुकुमकोटबाट धौलापहिरा जाँदै गरेका ओली र विपरित दिशाबाट आइरहेको बा.२९ प.४४२७ नम्बरको मोटरसाइकल ठोक्किँदा ओलीको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको हो। प्राथमिक उपचारका लागि उहाँलाई रुकुमपूर्व अस्पताल लगिएको थियो। तर अवस्था गम्भीर भएपछि पोखरास्थित मानिपाल शिक्षण अस्पतालमा हेलिकप्टरमार्फत रिफर गरिएको छ।
हेलिकप्टर रिजर्भ गर्न करिब ५ लाख रुपैयाँ लाग्यो, जुन रकम उहाँकी श्रीमती टीका केसीले परिवार, आफन्त र समुदायसँग सहयोग संकलन गरी जुटाउनुभएको बताउनुभयो । हाल हेमराज ओली पोखरा मनिपाल अस्पतालको आइसीयु (ICU) मा राखिएको छ, जहाँ उहाँको अवस्था अझै गम्भीर रहेको चिकित्सकहरूले जनाउनु भएको छ।
श्रीमती टीका केसीले अन्वेषण खबरसंग कुराकानी गर्दै भन्नुभयो ।“हामीसँग भएको सबै सकियो, अब उपचारका लागि अरुको सहारामा मात्र आशा छ। ओेली आफैं अरूको जीवन बचाउने स्वास्थ्यकर्मी हुनुहुनन्थाे ।











प्रतिक्रिया दिनुहोस्