२०८३ बैशाख ३ गते बिहिवार

महतमा मानसिक स्वास्थ्यसम्बन्धी सडक नाटक सम्पन्न



मानसिक स्वास्थ्यप्रति चेतना फैलाउने उद्देश्यले भूमे गाउँपालिका–६ महतमा शुक्रबार सडक नाटक सम्पन्न भएको छ।भूमे गाउँपालिका वडा नं. ६ को आर्थिक सहयोग र श्री जन जागृती मावि, महतको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा समाजमा व्याप्त मानसिक समस्या, पारिवारिक हिंसा, जुवातासजस्ता कुलत र अशिक्षाको प्रभावमाथि सशक्त प्रस्तुति गरिएको थियो।

सडक नाटकमा तीन दृश्य प्रस्तुत गरिएको थियो। पहिलो दृश्यमा घरायसी कलहका कारण सन्तानमा देखा पर्ने मानसिक समस्यालाई चित्रण गरिएको थियो। दोस्रो दृश्यमा जुवातासजस्ता कुलतले परिवार र समाजमा पार्ने नकारात्मक प्रभाव देखाइएको थियो भने तेस्रो दृश्यमा अभिभावकको अशिक्षाले बालबालिकाको शैक्षिक अवस्था कमजोर हुने विषयमा चेतना फैलाउने प्रयास गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष सबिना बुढामगरले छोराछोरीलाई कुलतबाट जोगाउन नियमित विद्यालय अनुगमन गर्न अभिभावकहरूलाई आग्रह गर्नुभएकाे छ।

यस्तै वडाध्यक्ष बिक्रम पुनले समाजमा जरा गाडेका कु-संस्कार हटाउन आवश्यक रहेको बताउँदै बताउनुभयो ।उहाँले घरपरिवारमा आपसी समझदारी र शान्ति हुनुपर्ने वडावासी नागरिकलाई आग्रह गर्नु भएकाे छ।

जन जागृति माविका शिक्षक अभिभावका अध्यक्ष सुवर्ण सुनारले हरेक सन्तानको भविष्य निर्माणका लागि अभिभावक आफैं बन्नुपर्ने धारणा राख्नु भएको थियाे।उक्त सडक नाटक कार्यक्रममा विभिन्न सरकारी निकाय र नागरिकहरुकाे उपस्थित रहेकाे थियाे।

 

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रवार