रुकुमपूर्वको भूमे गाउँपालिकामा वर्षायाममा वृद्धि हुने डेङ्गुसं क्रमणको जोखिमलाई ध्यानमा राख्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।आज आईतवार स्वास्थ्य कार्यालय रुकुमपूर्व र भूमे गाउँपालिका स्वास्थ्य शाखाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिकाभित्र रहेका १४ वटै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण दिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख उपेन्द्र यादवले जानकारी दिनुभयो।कार्यक्रममा स्वास्थ्यकर्मीलाई डेङ्गु रोगका कारण, लक्षण, रोकथामका उपाय र जोखिम न्युनिकरणसम्बन्धी व्यावहारिक जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा स्वास्थ्य कार्यालय रुकुमपूर्वका सूचना अधिकारी निमप्रसाद गिरिले सहजीकरण गर्नुभएको थियो।“डेङ्गु नियन्त्रणका लागि समुदायमै पुगेर जनचेतना फैलाउनु अहिलेको आवश्यकता भएको गिरीले बताउनु भएको छ।उक्त कार्यक्रमा बोल्दै भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले संक्रमण फैलिन नदिन सबै स्वास्थ्यकर्मी र स्थानीय तह सचेत र सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ।डेङ्गुजस्ता संक्रमणले गाउँमा ठुलो प्रभाव पार्न हुदाँ समयमै आवश्यक सतर्कता अपनाउदै गाउँपालिकाले स्रोत साधन र सहकार्यमा कुनै कमी नहुने बताउनु भएको छ।स्थानीय तहमा डेङ्गु नियन्त्रणका लागि सरसफाइ, पानी जम्न नदिने, लामखुट्टे टोकाइबाट जोगिने र समयमै उपचार खोज्ने जस्ता उपायबारे समुदायलाई जानकारी दिई नागरिक समक्ष सूचना प्रवाह गर्ने भएको छ।
उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविना बुढामगर, स्वास्थ्य कार्यालय रुकुमपूर्वका कोल्चेन निरिक्षक मनोजकुमार श्रेष्ठ लगायत गाउँपालिकाको कर्मचारीहरुको उपस्थिति रहेको थियो।











प्रतिक्रिया दिनुहोस्