रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ स्थित बसपार्क जाने मुख्य सडकको अवस्था हेर्दा लाग्छ , यो सडक हैन, पोखरी हो। वर्षा पछि सडकको बीच भागमा पानी जमेर सिंगो सडक नै तालजस्तै बनेको छ। स्थानीय निकाय मौन छ, जनताको सास्ती बेवास्ता गरिएको छ।
स्थानीय बासिन्दाहरू बाध्य छन् ।तालजस्तो सडक पार गर्न कै लागि भिमलको डाँठ भिजाएर बाटो निकाल्न। भिमलको डाँठ, जसको सामान्यतया प्रयोग गाई–गोरु बाँध्न दाम्लो बनाउने वा रसी बनाउन गरिन्छ, अब सडक छिचोल्ने ‘पुल’ बनेको छ। यो दृश्य आफैँमा विकास विरोधी विडम्बना हो।
सडक नभएर बाध्यतामा खेतीपातीका सामग्री र जनावर बाँध्ने डोरी भिजाएर पाट निकाल्नुपरेको वास्तविकता स्थानीय जनप्रतिनिधिको कामप्रतिको उदासीनताको जीवित उदाहरण भएकाे स्थानीयले बताएका छन ।
स्थानीय शिर्षक शाहका अनुसार बस पार्क निर्माण हुन गार्हो भएको बताएका छन्। निर्माण भए पनि बस पार्कमा बस नजाने, विस्तारै सबैको पहलमा बस पार्क जाने बाटो निर्माण हुदै थियो तर बर्खा लागेसि बाटो राम्रोसँग सरसफाई नहुदा ठुला- ठुला तलाउ बनेको र उक्त तलाउ पालिकाले माटो राखेर नपुरे र बेवास्ता गरे पछि पानि जम्मा भएको ठाउमा भिमल राखेर सिस्ने गाउँपालिकालाई चुनौती दिएको बताएका छन्।
उता सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्णा रेग्मीका अनुसार बन्दै गरेको सडकमा स्थानीयले यस्तो गर्न नहुने काम गरेको बताउनुभयो।अब तत्काल गाउँपालिकाले अनुगमन गर्ने जानकारी दिनुभएको छ ।











प्रतिक्रिया दिनुहोस्