रुकुमपूर्वको जिल्ला अस्पतालमा सूचना अधिकारीको फोन नियमित रूपमा नउठ्ने समस्याले गर्दा बिरामी र सर्वसाधारणलाई समयमा सम्पर्क गर्न मुस्किल पर्ने गुनासो चुलिँदै गएको थियो। रात होस् वा दिन, सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकाका नागरिकहरूले अस्पतालसँग सम्पर्क गर्न नसकेको पीडा पत्रकार महासंघसम्म पुगेपछि समस्या सार्वजनिक भएको हो।
नागरिकको समस्या सम्बोधन गर्ने जिम्मेवारी बोध गर्दै नेपाल पत्रकार महासंघ रुकुमपूर्व शाखाले अस्पताललाई एक सेट ‘सेभेन टर्च’ मोबाइल हस्तान्तरण गरेको छ। साथै, ९७६७०२७६०० नम्बरको सिम पनि उपलब्ध गराइएको छ, जसबाट अब नागरिकले अस्पतालसँग सिधा सम्पर्क गर्न सक्नेछन्।
महासंघका अध्यक्ष बशन्त बाठाँमगरकाले जनताको समस्या पत्रकारले हेरेर नबस्ने हुदाँ , सूचना प्रवाह सहज बनाउने उद्देश्यले माेबाईल हस्तान्तरण गरिएको बताएका छन्।
महासंघका सचिव निराजन शेर्पालीका अनुसार जनताको आवाज सुन्ने र जिम्मेवार निकायसम्म पु-याउने काम मात्र नभई समस्या समाधानमा समेत पत्रकारको सक्रियता हुनु आवश्यक रहेकाेले माेबाईल नै किनी दिएकाे बताएका छन्।
मोबाइल हस्तान्तरण कार्यक्रममा महासंघ अध्यक्ष बसन्त बाँठा मगर, उपाध्यक्ष बालाराम शेर्पाली, सचिव निराजन शेर्पाली, प्रेस सेन्टर नेपालका अध्यक्ष जयमान बुढा मगर र कान्ति भ्वाइस टिमको समेत उपस्थितिमा अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. कृष्ण खरालको कार्यकक्षमै औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
स्थानीय तह, स्वास्थ्य कार्यालय र प्रदेश सरकारको उदासीनता, र अस्पताल व्यवस्थापनको कमजोरीका कारण जनताले भोगिरहेको कठिनाइप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको नागरिककाे जनगुनासो रहेकाे छ।














प्रतिक्रिया दिनुहोस्