रुकुम पूर्व, थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहित सात जना कर्मचारी असार २४ गतेदेखि सम्पर्कविहीन भएका छन्।दुई दिनसम्म कुनै जानकारी नपाउँदा गाउँपालिकाको नियमित सेवा प्रवाह पूर्ण रूपमा अवरुद्ध भएको छ।
गाउँपालिकाले असार २५ गते एक विज्ञप्ति जारी गर्दै नेपाल टेलिकमको नेटवर्क समस्याका कारण प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क हुन नसकेको बताएको छ। तर, सोही बहानामा OTP कोड लिन भन्दै रुकुम पूर्व गएका अन्य कर्मचारीहरू समेत सम्पर्कविहीन रहनु गम्भीर शंका र प्रश्नको विषय बनेको छ।
सम्पर्कविहीन हुनेहरूमा सहायक प्रशासन पाँचौं हरीश माझी, सह–लेखापाल यज्ञप्रसाद कडेल, सब–इन्जिनियर चन्द्रप्रकाश री चालक प्रदीप केसी रहेका छन्।
दुई दिनसम्म कर्मचारीहरू कार्यालयओली र निशा आचार्य, खानेपानी तथा सरसफाई टेक्निसियन शिव कुमार वली र सवामा हाजिर नहुनु, मोबाइल स्विच अफ हुनु र कुनै आधिकारिक जानकारी नहुनु प्रशासनिक चरम लापरवाही हो भन्ने स्थानीयवासीहरू गुनासो गर्छन्।गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढामगरले हस्ताक्षर गरेको विज्ञप्तिमा खोजी कार्य अगाडि बढाइएको जनाइएको छ।तर, खोजी कार्यको गति, सुरक्षाको अवस्था र सम्भावित जोखिमबारे कुनै स्पष्ट विवरण दिइएको छैन।
स्थानीय बासिन्दाले कर्मचारीहरूको हराइपछिको मौनता र ढिलासुस्तीप्रति आक्रोश व्यक्त गरेका छन्।केहीले यो प्रशासनिक मिलेमतो त होइन ? भन्ने आशंका पनि सार्वजनिक रूपमा व्यक्त गर्न थालेका छन्।
स्थानीय तहको अत्यावश्यक सेवा यति लापरवाहीपूर्वक बन्द हुनु र सात–सात जना कर्मचारी रहस्यमय ढंगले सम्पर्कविहीन हुनु अब प्रशासनिक मामिला मात्र रहेन; यो जनताको विश्वास र सुरक्षासँग गाँसिएको विषय बनेको छ।











प्रतिक्रिया दिनुहोस्