दश वर्षे सशस्त्र जनयुद्धको मर्म बिर्सिएर सत्ता र सुविधामै रमाउने नेताहरूको ब्याख्या गर्दै अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाईलीले माओवादी आन्दोलनको आत्मा हराउँदै गएको बताएका छन्।जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ रुकुमपूर्वको प्रथम जिल्ला भेला मा बोल्दै रसाईलीले साँचो पार्टी बनाउने हो भने नेताहरू सिंहदरबार होइन, घाइते अपाङ्ग योद्धाको आँगन पुग्नु पर्ने बताए।
क्रान्तिको मेरुदण्डमा नेताहरू महलमा रसाईलीले माओवादीको हालको अवस्था र जनविश्वासलाई तुलना गर्दै पहिले माओवादी भन्नासाथ आशा पलाउँथ्यो, आज भने निराशा छाउने होकी भन्ने बताएका छन्।
जनयुद्धमा घाइते र अपाङ्ग भएका योद्धाहरू अहिले भोक, रोग र बेवास्ताको चपेटामा छन्।हिजो बन्दुक बोक्न उभिएका युवाहरूको आज कुनै मूल्य छैन।राजनीति नेताहरूको सुखको भर्याङ बन्यो, योद्धाहरूको बलिदान सस्तो नारामा सीमित भयो।भेलामा आजको पुस्ताले खोजेको विकासबारे पनि गम्भीर टिप्पणी गरेका छन।
रसाईलीले राजावादीहरू जनतालाई फेरि दास बनाउने सपना देखिरहेका छन्।कांग्रेस सम्झौतामा रमायो, एमाले सत्ताको अहंकारमा चिप्लिएको बताएका छन्।














प्रतिक्रिया दिनुहोस्