जनयुद्धमा अपाङ्गता तथा घाइते भएका योद्धाहरुकाे आफ्नो आवाज संस्थागत रूपमा बुलन्द गर्न ‘जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ, रुकुमपूर्वमा प्रथम भ्ला सम्पन्न भएको छ।भूमे गाउँपालिकाको सभाहलमा सम्पन्न प्रथम जिल्ला भेलाबाट भूलबहादुर कामी (अशल) को अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्वसम्मत निर्वाचित भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का वैकल्पिक केन्द्रीय सदस्य रामसुर बुढा ‘बिरता’ ले जनयुद्धमा अंग गुमाएका योद्धाहरूले अझैसम्म न्याय र सम्मान नपाएको बताउनुभयो ।अब यो संगठनले साझा संघर्षको आवाज बन्ने बताउनुभएको छ।
त्यस्तै विशेष अतिथि भूमे गाउँपालिका अध्यक्ष तथा माओवादी पार्टीका वैकल्पिक केन्द्रीय सदस्य होमप्रकाश श्रेष्ठले स्थानीय सरकार योद्धाहरूको अधिकार, पुनर्स्थापना र जीविकोपार्जनका सवालमा गाउँपालिका संवेदनशील रहेकाे बताउनुभएको छ।
भेलाले जयबहादुर मल्ल ( प्रबन्ध) उपाध्यक्ष, भूमिका रोका सचिव, मणिकर्ण सुनार सह-सचिव, विन्दु रावल कोषाध्यक्ष चयन गरेको छ। सदस्यहरूमा कामी रोका, डम्बर बुढा, सुर्य रोका र भूमीराज रोका रहेका छन् भने दुई सदस्य पछि मनोनीत गर्ने भएको छ।
कार्यक्रममा सहभागी भएका अन्य नेताहरूले जनयुद्धको ऐतिहासिक मूल्य, घाइते योद्धाहरूको सम्मान, तथा राज्यले दिनुपर्ने उत्तरदायित्वका विषयमा धारणा राख्नु भएको थियाे।
भेलाले घाइते तथा अपाङ्ग योद्धाहरूको जीवनस्तर सुधार, उपचार र पुनर्स्थापनाको सवालमा सरकारसँग सुनुवाइ सुनिश्चित गर्ने, अधिकारका लागि आवाज बुलन्द गर्ने बताएकाे छ।














प्रतिक्रिया दिनुहोस्