भूमे गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक समिक्षा कार्यक्रम आज आइतबार सम्पन्न गरेको छ।समिक्षा कार्यक्रम गाउँ कार्यपालिकाको आयोजनामा सम्पन्न भएको हो।जसमा सम्पूर्ण शाखा, सेवा केन्द्र, वडा कार्यालयहरूबाट वर्षभरको प्रगति विवरण प्रस्तुत गरिएको थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीलाल बि.क.का अनुसार, कार्यक्रमले नीतिगत निर्णयदेखि योजना कार्यान्वयनसम्मको प्रक्रिया सुधारमा टेवा पुर्याउने विश्वास लिइएको बताउनुभयो।समिक्षा कार्यक्रम प्रभावकारी बनाउने उद्देश्यले गरिएको बताउनुभयो।
कार्यक्रममा विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक सुरक्षा लगायतका विविध क्षेत्रका योजनाहरूको वर्तमान अवस्था, चुनौती र समाधानमाथि विस्तृत छलफल भएको थियो। सहभागीहरूबीच योजना कार्यान्वयनमा देखिएका ढिलाइ, स्रोत अभाव र स्थानीय सहकार्यको कमीबारे पनि विचार साटासाट भएको थियो।
गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले समिक्षालाई योजना निर्माणको मेरुदण्डका रूपमा व्याख्या गर्दै शिक्षा र पूर्वाधारलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनु भएको छ।अध्यक्ष श्रेष्ठले शिक्षा र पूर्वाधार शाखाका प्रमुखहरूसँग एक ठाउँमा बसेर ठोस छलफल गर्न आवश्यक रहेको उल्लेख गर्नु भएको छ।योजना बनाउने र कार्यान्वयन गर्नेबीच समन्वय नहुँदा प्रभावकारी परिणाम आउँन नसकेको बताउनुभएको छ।













प्रतिक्रिया दिनुहोस्