रुकुमपूर्वको भूमे गाउँपालिका भने फरक उदाहरण बनेको छ।अति दुर्गम भौगोलिक अवस्थिति, कमजोर पहुँच, सूचनाको अभाव र जनशक्ति अपुगताको बाबजुद पनि यो पालिकाले देखाएको सेवा देशैको लागि उदाहरणीय बनेको छ।नेपालको संघीय संरचनाले निर्माण गरेको सबैभन्दा पछिल्लो जिल्लामध्ये एक रुकुमपूर्व भित्र भूमे पनि पर्छ।आफैँमा दुर्गमता, विकासको अभाव र राज्यको न्यून उपस्थिति लिएर परिचित छ।यिनै कठिनता बीच पनि भूमे गाउँपालिकाले देखाएको सेवा भाव र कामप्रतिको प्रतिबद्धता प्रेरणादायी छ।बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म कार्यालय खुला।सार्वजनिक बिदाको पर्वाह नगरी सेवा प्रवाह।वडाबाटै नागरिकका गुनासा टिपेर समाधान।गाउँ–गाउँ पुगेर सेवाका शिविर।अपुग जनशक्तिका बाबजुद पनि गाउँपालिकाले यही असम्भवलाई सम्भवमा बदलेको छ।
गाउँपालिका अध्यक्ष,उपाध्यक्ष, वडाध्यक्षहरु कार्यालय प्रमुखदेखि कार्यालय सहयोगीसम्म सबै राष्ट्रसेवकहरूको कामले अगाडि बढेको प्रशासन कागज मिलाउने काम होइन।भूमेली जनतासँगको सम्बन्ध बलियो बनाउने पुल बनेको छ।अहिले धेरै स्थानीय तहमा कर्मचारी समयमै कार्यालय नपुग्ने, सेवा ढिला दिने, गुनासा नसुन्ने प्रवृत्ति छ।तर भूमेमा भने उल्टो छ।जनताको चित्त बुझ्ने गरी काम गर्ने र नागरिक–सरकारको दूरी घटाउने प्रतिबद्धतामा गाउँपालिका छ।
७५३ स्थानीय तहले यसबाट केही सिक्ने आवश्यक छ ? भूमे गाउँपालिकाको यस्तो कार्यशैली कुनै आकस्मिक सफलता होइन।यो नेतृत्वको दूरदृष्टि, कर्मचारीको निष्ठा, र नागरिक–प्रतिको उत्तरदायित्वको मिलनबाट सम्भव हो।यस आर्थिक वर्षमा गाउँपालिकाले देखाएको ८८ प्रतिशत भन्दा वढी बजेट कार्यान्वयन गर्दा नागरिकको गुनासो समाधान गर्ने अभ्यास प्रशंसायोग्य छ।गाउँपालिकाका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई सम्पादकीय मञ्चबाट हार्दिक आभार व्यक्त गर्दछौँ।














प्रतिक्रिया दिनुहोस्