रुकुमपूर्व, भूमे — आर्थिक वर्ष २०८१/८२ मा भूमे गाउँपालिकाले कुल ४९ करोड ५५ लाख १ हजार ७ सय ९१ रुपैयाँको बजेट विनियोजन गर्दा करिब ८८.५ प्रतिशत रकम खर्च गर्न सफल भएको छ।सार्वजनिक विवरणअनुसार गाउँपालिकाले यो वर्ष कुल ४९ करोड बजेटमध्ये ४९ करोडभन्दा केही कम रकम खर्च गरी उत्साहजनक कार्य सम्पादन गरेको जनाएको छ।
यद्यपि, खर्चको विवरणमा पुग्दा विकास निर्माणभन्दा बढी प्रशासन र चालु तर्फ खर्च गरिएको देखिन्छ।उपलब्ध तथ्यांकअनुसार, पुँजीगत खर्चतर्फ १७ करोड ३८ लाख ७७ हजार २ सय ५३ रुपैयाँ खर्च भएको छ भने, चालु खर्चतर्फ ३२ करोड १६ लाख २४ हजार ५ सय ३८ रुपैयाँ खर्च भएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविलाल बिकका अनुससार “यो वर्ष सडक, खानेपानी आयोजना, विद्यालय भवन निर्माण जस्ता पूर्वाधार योजनामा बढी ध्यान दिइएको हो। अधिकांश योजना कार्यान्वयनमा भैसकेकव बताउनुभयो।गत वर्षको तुलनामा यस वर्ष बजेट खर्चको दर र भौतिक कार्यान्यन दुवै सन्तोषजनक भएको भन्दै गाउँपालिकाले आगामी वर्षका लागि अझ प्रभावकारी योजनासहित अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।
गाउँपालिकाले आगामी वर्षमा पुँजीगत क्षेत्रमा थप प्राथमिकता दिई आधारभूत संरचना निर्माणमा ध्यान दिने योजना बनाएको जनाएको छ।स्थानीय तहमा देखिएको यो बजेट खर्चको प्रवृत्तिले स्थानीय विकासको दिशातर्फ एक सकारात्मक सन्देश दिएको छ।तर, चालु खर्चको नियन्त्रण र पुँजीगत लगानीको प्रभावकारिता अझ सुदृढ गर्नुपर्ने देखिन्छ।











प्रतिक्रिया दिनुहोस्