रुकुमपूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जङ्गली च्याउ खाएर बिरामी परेका चारमध्ये थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
मंगलबार राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचाररत ७ वर्षीया भाग्यरेखा विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ।
यसअघि मंगलबार दिउँसो करिब ३ बजे भाग्यरेखाका भाई, ३ वर्षीय योजन विकको पनि सल्यान अस्पतालमा मृत्यु भएको थियो।घटना आइतबार बेलुकी भएको हो। एउटै परिवारका चार जनाले जङ्गली च्याउ खाएपछि स्वास्थ्य अवस्था बिग्रिएर उपचारका लागि अस्पताल लगिएको थियो।
प्रहरीका अनुसार, च्याउ खाएर गम्भीर अवस्थामा पुगेकी ९ वर्षीया आयुषा विकलाई पनि सल्यानबाट दाङ रेफर गरिएको छ। आमा ३५ वर्षीया राजकुमारी विकको अवस्था मध्यम रहेको र उनको सल्लेस्थित रुकुम पश्चिमकाे जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति : २०८२ साउन ७ गते बुधवार











प्रतिक्रिया दिनुहोस्