२०८३ कार्तिक १२ गते बुधवार

राजस्व संकलनमा भूमे गाउँपालिकाको फड्को: एक वर्षमै ९ लाखले वृद्धि



फाईल तस्बिर

रुकुमपूर्वको भूमे गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा ६५ लाख ९३ हजार ६ सय २० रुपैयाँ राजस्व संकलन गरेको छ।यो अघिल्लो वर्षको तुलनामा करिब ९ लाख ३० हजार रुपैयाँले बढी हो।

गत वर्ष सोही अवधिमा ५६ लाख ६३ हजार ६ सय ७९ रुपैयाँ मात्र संकलन भएको थियो। गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ७३ लाख ४५ हजार ६ सय ५० रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो।

गाउँपालिकाका लेखा अधिकृत विजय बाठा मगरका अनुसार, राजस्व संकलन प्रणालीलाई आधुनिकीकरण गर्दै पारदर्शिता र प्रभावकारिता बढाउन सफ्टवेयर प्रणाली लागू गरिएको हो। “दुई वर्षअघि लागू गरिएको यो डिजिटल प्रणालीले राजस्व संकलन प्रक्रिया सजिलो, छरितो र नियमनमा ल्याएको छ,” अधिकृत बाठा मगरले भन्नुभयो।

गाउँपालिकाबाट चालु वर्षको असार मसान्तसम्म २३ लाख २७ हजार १ सय २५ रुपैयाँ संकलन गरिएको छ।गएको वर्षहरूमा राजस्व संकलन अपेक्षा अनुसार हुन नसक्नुको पछाडि कर दायरामा नागरिक नल्याउनु, व्यवसायीको न्यून उपस्थिति, र सचेतनाको कमी प्रमुख कारण रहेको मगर बताउँनु भएको छ।तर यस वर्ष भने करको दायरा विस्तार गर्दै, जनसहभागिता बढाउँदै, घरदैलो अभियानमार्फत करदाताको पहुँचसम्म पुगेको बताउनुभयो।

राजस्व संकलनका मुख्य स्रोतहरूमा भूमिकर, मालपोत, व्यवसाय कर, कृषि तथा पशुजन्य वस्तुको कारोबार कर, न्यायिक दस्तुर, सिफारिस दस्तुर, परीक्षा र प्रशासनिक सेवा शुल्क, व्यवसाय दर्ता तथा जलस्रोतसम्बन्धी करहरू रहेका छन्।

कुन वडामा  कति उठ्यो ?

वडा नं.१ को लुगुमबाट ५ लाख ७५ हजार ५ सय ४० रुपैँया र वडा नं. २ काँक्रीबाट ७ लाख ८३ हजार ५ सय ७ रुँपैया जम्मा भएको छ।यसै गरि वडा नं. ३ ‌सिमादेखी ५ लाख ५९ हजार ९ सय ९२ रुपैँया  रहेको छ।वडा नं. ४ काडाँबाट २ लाख ९२ हजार २९ रुपैँया र वडा नं. पाचँ सेराबाङ्गदेखि  २ लाख ५२ हजार ५ सय ५९ रुपैँया जम्मा भएको छ।

यसैगरि वडा नं. ६ महतमा ४ लाख २९ हजार ९ सय ९३ रुपैँया र  वडा नं. ७ धर्मशालामा ४ लाख ६६ हजार १ सय ९४ रुपैँया जम्मा भएको छ।भने वडा नं. ८ पोखरापाटामा ३ लाख ५८ हजार १ सय २४ रुपैँया र वडा नं. ९ चुन्वाङ्गमा ५ लाख ५६ हजार ५ सय ५२ रुपैँया  राजस्व संकलन  भएको छ।यस आर्थिक वर्षमा राजस्व संकलन वृद्धि हुनु गाउँपालिकाको आय आर्जन क्षमतामा सुधारको सङ्केत देखिएको छ।

 यो पनि हेर्नुस

प्रकाशित मिति : २०८२ साउन ७ गते बुधवार